विश्वकपले सिजीका टेलिभिजनहरुको विक्री बढायो



काठमाडौं । वर्डकपपर्वको सुरुवातसँगै सिजीका विभिन्न टिभीहरुको विक्री वितरण ह्वातै बढेको छ । सिजीका देशभर रहेका विभिन्न डिलरहरुको भनाई अनुसार हाल सिजी टेलिभिजहरुको विक्री बढेको हो ।

२० इन्च देखि माथी विभिन्न साईजको टेलिभिजनहरु रहेको सिजीमा अहिले विश्वकपले गर्दा ग्राहकहरुको चासो बढेको बताएका छन् । यो टिभी रुचाउनुमा हालै राखिएको सिजीको स्किम र यसको आकर्षक एवं गुणस्तर युक्त प्रोडक रहेको कम्पनीले दाबी गरेको छ ।

यही विश्वकपलाई मध्यनजर गरि सिजीले हालै आफ्ना ग्राहकहरुलाई सिजीको टिभी खरिद गरे बापत ३० प्रतिशत सम्म नगद छुट, पक्का उपहारहरु र तिनै टिभी खरिद गर्ने ग्राहकहरु मध्येबाट प्रत्येक हप्ता भाग्यशाली विजेताले एकलाई सिजीको टिभी प्रदान गर्ने कम्पनीले जनाएको छ ।


क्लिकमान्डु