सीतापाइलामा खुल्यो एभरेष्ट बैंकको शाखा




काठमाडौं । एभरेष्ट बैंकले विभिन्न स्थान शाखा बिस्तार गरी सेवा प्रारम्भ गरिरहेको छ । यसैक्रममा सीतापाइलामा शाखा बिस्तार गरी सेवा प्रारम्भ गरेको हो ।

संयुक्त लगानी रहेको पंजाब नेशनल बैंकका कार्यकारी निर्देशक तथा एभरेष्ट बैंकका निर्देशक एल.भि. प्रभाकरले शाखाको उद्घाटन गरेका हुन् ।

शाखा उद्घाटन कार्यक्रममा बंैकका संस्थापक निर्देशक अरुणमान शेरचन, प्रमुख कार्यकारी अधिकृत सोमेश्वर सेठ र बैंकका अन्य वरिष्ठ पदाधिकारीहरुको पनि उपस्थिति थियो ।

बैंकले हालसम्म आफ्ना ८० वटा शाखाहरु, ७ एक्सटेन्सन काउन्टर, २८ राजस्व संकलन काउन्टर र १ सय १३ एटिएम मार्फत सेवाहरु प्रदान गर्दै आएको छ ।


क्लिकमान्डु