योगगुरु रामदेवले कपडा व्यवसायमा पनि हात हाल्ने



नयाँ दिल्ली । योगगुरु बाबा रामदेव र आचार्य बालकृष्णको स्वामित्व रहेको पतञ्जली बजार विस्तारमा आक्रामक देखिएको छ ।

एउटा टेलिभिजन अन्र्तवार्तामा पतञ्जलीको सह संस्थापक तथा सिइओ आचार्य बालकृष्णले पतञ्जलीले अब कपडा पनि सार्वजनिक गर्न लागेको बताए ।

पतञ्जलीले बजारमा पठाउने कपडाको नाम ‘परिधान’ हुने समेत उनले बताए । पतञ्जलीले यही बर्षको अन्तसम्म बजारमा कपडा पठाउने बताएको छ । आचार्यका अनुसार यी कपडा पूर्णतया घर बुना हुनेछ ।

पतञ्जलीले नोयडामा आफ्नो कपडा उद्योगको सबै तयारी गरिसकेको छ । बाबा रामदेवका अनुसार पतञ्जलीले ३ हजार भन्दा धेरै प्रकारका कपडा सार्वजनिक गर्ने छ । बाल बालिकाका पहिरन, योगा पहिरन, स्पोर्ट पहिरन, टोपी, जुत्ता, मोजा, तौलिया र तन्ना जस्ता सबै प्रकारका कपडा पतञ्जलीले उत्पादन गर्ने बताएको छ ।

तर, पतञ्जलीको प्रतिक्षित उत्पादन हो । ‘स्वदेशी जिन्स ।’ पतञ्जलीका अनुसार उसले तयार गर्ने जिन्स भारतीय वातावरणमा सुहाउँदो हुने छ । ‘जिन्स पश्चिमा पहिरन हो । आज हामी जिन्सलाई बाईकट गर्न सक्दैनौ, त्यही भएर हामीले त्यसलाई केही परिवर्तन गरेर भारतीय परम्परासंग मेल हुने गरि बजारमा पठाउने छौ ।’

स्वदेशी जिन्सको बारेमा बताउँदै आचार्यले दुई वर्ष अगाडि भनेका थिए । स्वदेशी जिन्सको धारणा पतञ्जलीले दुई वर्ष अगाडि नै सार्वजनिक गरेको थियो ।

पतञ्जलीले महिलाका लागि भनेर छुट्टै डिजाईनमा जिन्स तयार गर्ने पनि बताएको छ । भारतीय संस्कृति र परम्परासँग समानान्तर हुने गरि पतञ्जलीले महिलाका लागि जिन्स उत्पादन गर्ने बताएको छ ।

परम्परा, संस्कृती व्यापार आध्यात्मका बहुरंगमा देखिने रामदेव बाबाको स्वदेशी जिन्सले कस्तो प्रभाव पार्ने त्यो त जिन्स सार्वजनिक भएपछि देखिने छ ।


क्लिकमान्डु