‘शिक्षित सियारी, शिक्षित समाज’ नामक कार्यक्रममा अर्घाखाँची सिमेन्ट सहकार्य



सियारी गाउँपालिकाले आयोजना गरेको ‘शिक्षित सियारी, शिक्षित समाज’ नामक कार्यक्रममा सिमेन्ट उत्पादन गर्दै अएको अर्घाखाँची सिमेन्ट प्रालिले आफ्नो सशक्त उपस्थिति जनाएको छ ।

उक्त कार्यक्रममा अर्घाखाँची सिमेन्टलेसियारी गाउँपालिकाका सम्पूर्ण विद्यार्थीहरुका लागि विभिन्न शैक्षिक सामग्रीहरु प्रदान गरेको छ ।

अर्घाखाँची सिमेन्ट प्रा।लिले सियारी गाउँपालिकाका ३३०० विद्यार्थीहरुलाई एक वर्षसम्म आवश्यक पर्ने स्कुल ब्यागसहित विभिन्न शैक्षिकसामग्रीहरु एकमुष्ट उपलब्ध गराएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले सुरु गरेको ‘हामी सबैको इच्छा, अनिर्वाय निःशुल्क शिक्षा नामक महान अभियानलाईसार्थक पार्न अर्घाखाँची सिमेन्ट प्रा।लि। उक्त कार्यक्रममा जोडिएको हो ।

‘शिक्षित सियारी, शिक्षित समाज’ कार्यक्रममा उक्त क्षेत्रमा भएका सम्पूर्ण बालबालिकाहरुलाई बिद्यालयमा झिकाऔँ, सिकाऔँ र टिकाऔँभन्ने मूल नारा अन्तर्गत सबैकालागि शैक्षिक समाग्री वितरण गरिएको हो ।

कार्यक्रममा सियारी गाउँपालिकाका सबै विद्यालयका ३३ सय विद्यार्थीका लागि वर्षभरी आवश्यक पर्ने शैक्षिक समाग्रीहरु विभिन्न स्कुलकाप्रधानाध्यापकहरुलाई हस्तान्तरण गरिएको थियो ।


क्लिकमान्डु