पाँच वर्षसम्म नयाँ आन्तरिक विमानस्थल नबनाउः विज्ञ



काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्री रवीन्द्र अधिकारीले गठन गरेको हवाई विज्ञ समूहले पाँच वर्षसम्म नयाँ आन्तरिक विमानस्थल नबनाउन सरकारलाई सुझाव दिएका छन् ।

बीबी देउजा, पीजे शाह, सुमन श्रेष्ठ र प्रभा वैद्महरुको विज्ञ समूहले अबको ५ वर्षसम्म आन्तरिक विमानस्थल बनाउन आवश्यक नरहेको मन्त्री अधिकारीलाई सुझाव दिएका छन् । देशभर अहिले ४८ वटा विमानस्थल निर्माण भइसकेका छन् भने ७ वटा विमानस्थल निर्माणचरणमा छन् । निर्माण भएका विमानस्थल मध्ये १६ वटा सञ्चालमा आउन सकेको छैन ।

सञ्चालनमा आएका ३२ वटा विमानस्थल मध्ये ४ वटा मात्रै नाफामा छन भने २८ वटा विमानस्थल अझै पनि घाटामा छ ।

जसका कारण सञ्चालनमा रहेको विमानस्थलको सुधार गरी विमानस्थललाई आत्मनिर्भर तर्फ केन्द्रीत हुन विज्ञ समूहले मन्त्री अधिकारीलाई सुझाव दिएका छन ।

तर, मन्त्री रविन्द्र अधिकारीले भने देशको एक मात्रै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बढ्दो ट्राफिफ समस्या समाधानका लागि भन्दै पाँच वर्षभित्रमा काभ्रेको नागिडाँडामा विमानस्थल बनाउने प्रक्रिया थालेका छन् ।

काभ्रेमा विमानस्थल निर्माण साना जहाजको उडान त्यहीबाट गर्ने मन्त्री अधिकारीको भनाइ छ । साना तथा लुक्का उडानलाई मात्रै पनि त्रिभुवन विमानस्थलबाट डाइभर्ट गर्न सकेको अवस्थामा विमास्थलको चापमा २० देखि ३० प्रतिशत कमी आउने अधिकारीको भनाइ च छ ।

तरm विज्ञ समूहरुले नयाँ विमानस्थलबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको चाप कम गर्नु सहजता नभएको सुझाव दिएको छ । विज्ञ समुहले तराई क्षेत्रमा सञ्चालन भइरहेको विमानस्थललाई रात्री कालिन अपरेशन गरेर चाप त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको चाप घटाउन सकिने सुझाव दिएको छ ।

यो सँगै विज्ञ समूहले मन्त्री अधिकारीलाई जहाज कम्पनीको वेस उडानलाई कार्यान्वयनमा ल्याउँदा पनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको बढ्दो चाप घटाउन सकिने बताएका छन् ।

मन्त्री अधिकारीले भने नेपाल नागरिक उड्डयन प्राधिकरणलाई काभ्रेको नागिडाँडामा आन्तरिक विमानस्थल निर्माणको सम्भाव्यता अध्ययन गर्ने दबाब दिइ रहेको छन् । मन्त्री अधिकारीले काभ्रेको नागिडाँडामा विमानस्थल बनाउने गरी अध्ययन गर्ने भने पनि २ अर्ब भन्दा बढी लगात लाग्ने अवस्थामा आएमा विमानस्थल बनाउन नहुने मन्त्रालयका एक सह–सचिवको भनाइ छ ।

मन्त्री अधिकारी भने काभ्रेका विमानस्थल बनाएरै छाड्ने भन्दै आएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल २१ घण्टा सञ्चालनको औपचारिक कार्यक्रमको उद्घाटन गर्दै मन्त्री अधिकारीले काभ्रेको नागिडाँडा तथा अन्य ठाउँमा आफुले बनाएको विमानस्थल सञ्चालन नभएर फ्लप भएको अवस्थामा आफुले मन्त्री पद नै छोडने दाबी समेत गरिसकेका छन् ।

मन्त्री अधिकारीले पछिल्लो समय उद्घाटन गरेको अछामको साफेबगर विमानस्थल, सप्तरीको राजविराज विमानस्थल, इलामको विमानस्थल पनि नियमित सञ्चालन हुन सकने अवस्था नभएको बेला फेरी दाङमा वैकल्पिक विमानस्थल स्थल बनाउने सरकारी लक्ष्य छ ।


पुष्प दुलाल