अन्तर्राष्ट्रिय मापदन्ड विपरित सवारी लाइसेन्स दिने भौतिक योजनामन्त्री महासेठको तयारी



काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुविर महासेठले अन्तर्राष्ट्रिय मापदन्ड विपरित सवारी चालक अनुमति पत्र (लाइसेन्स) वितरण गर्ने तयारी थालेका छन् ।

मन्त्री महासेठले सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को दफा ४७ भन्दा बाहिर गई चार पांग्रेभन्दा ठुला सवारी साधनको चालक अनुमति पत्र वितरणमा परिवर्तन गर्न लागे हुन ।
अहिले मोटरसाइकल बाहेक अन्य सवारी साधन प्रयोग कर्ताले लाइसेन्स लिँदा सवारी सिकाउने ड्राभिङ सेन्टरको प्रमाण पत्र लिनु पर्ने व्यवस्थनलाई परिवर्तन गर्न मन्त्री महासेठ लागि परेका छन् ।

मन्त्री महासेठले ऐनले दिएको विशेषाधिकार प्रयोग गरेर लाइसेन्स वितरणमा परिवर्तन गर्न लागेका हुन । मन्त्रालयको कार्यभार समालेदेखि विवादमा तानिएका मन्त्री महासेठले फेरि अन्तर्राष्ट्रिय मापदन्ड र ऐन विपरित लाइसेन्स वितरण प्रत्रियामा लागि परेका छन् ।

मन्त्री महासेठलको यो कदमले आम सेवाग्राहीलाई भने केही सहजता हुन्छ । अहिले सेवाग्राहीले सवारी चालक अनुमति पत्र लिँदा ड्राभिङ स्कुलमा सवारी चलाउने सिकेको प्रमाण पत्र लिएर मात्रै लाइसेन्सको प्रक्रिया थालनी गर्न पाउँछन् ।

मन्त्रीको यो कदमले सेवाग्राहीले बाहिर सवारी चलाउन सिकेपनि ड्राभिङ लासेन्सका लागि ड्राभिङ सेन्टरमा रकम बुझाएर प्रमाण पत्र लिनु पर्ने अवस्था छ । जसका कारण हेवी सवारीको लाइसेन्स लिन चाहाने सेवा ग्राहीले ड्राइभिङ सेन्टरमा २० हजार रुपैयाँसम्म खर्च गर्नुपर्ने बाध्यता छ ।

मन्त्री महासेठको यो कदमले सेवा ग्राहीलाई सहता भएपनि अन्तर्राष्ट्रिय बजारमा नेपाली लाइसेन्सको कुनै महत्व नहुने विज्ञहरु बताउँछन् । विश्वको अधिकांश देशमा सवारी सिकेको प्रमाण पत्र पेश नगरी सवारी चालक अनुमति पत्रको लाई परीक्षामा सहभागी हुन नपाइने नियम छ ।


क्लिकमान्डु