सीपीभीसीको डिलरमिट सम्पन्न



नेपालमा पहिलो पटक अमेरिकी कम्पनी लुब्रिजोल कर्पोरेशनसँगको सहकार्यमा फ्लोगार्ड सीपीभीसी पाइपहरु उत्पादन सुरु गरेको मार्भल टेक्नोप्लाष्ट प्रालिले शनिबार बिर्तामोडमा र आइतबार इटहरीमा डिलर तथा डिष्ट्रिब्युटरहरुको भेला ‘मार्भेलस नाइट’ का साथै पत्रकार सम्मेलनको आयोजना ग¥यो ।

‘मार्भेलस नाइट’ मा ७०० भन्दा बढी डिलर तथा डिष्ट्रिब्युटरहरु सहभागी थिए ।
डिलर तथा डिष्ट्रिब्युटरहरुलाई मार्र्भेल टेक्नोप्लाष्ट प्रालिका प्रमुख पवनकुमार संचेतीले स्वागत गरेका थिए ।

उनले आर्थिक विकाससँगै निर्माण कार्यले समेत गति लिने वातावरण बन्न लागेको अवस्थामा निर्माण सामग्रीहरुको बजार राम्रो रहेको भन्दै उपभोक्तासम्म गुणस्तरयुक्त पाइपहरु पुर्ययाउने अभियानमा सबै डिलर र डिष्ट्रिब्युटरहरुको रायसुझावका आधारमा योजनावद्ध ढंगले अघि बढ्ने बताए ।

मार्भेलस नाइट डिलर र डिष्ट्रिब्युटरहरु एकले अर्कोलाई चिन्ने, समस्यालाई समाधान गर्ने, नयाँ सम्भावना पहिल्याउने माध्यम पनि हो भन्दै संचेतीले कार्यक्रम त्यसका लागि फलदायी भएको पनि बताए ।

लुब्रिजोल सीपीभीसी टेक्नोलोजी र केमिकल इनोभेशनमा लिडिङ कम्पनी हो । लुब्रिजोलले विश्वका १३० भन्दा बढि मुलुकसँग टाइअप गरेर आफ्नो उपस्थिति जनाएको छ । लुब्रिजोलको प्रविधिमा आधारित भारतमा दुईवटा र नेपालमा एउटा प्लान्ट सञ्चालनमा छ ।

पचास बर्षको इतिहास बोकेको अमेरिकी कम्पनीसँग सहकार्य गरेर मार्भेल टेक्नोप्लाष्टले उपभोक्ताको बदलिँदो चाहना र आवश्यकताअनुसारका उत्पादनहरु दिन सफल भएको छ ।


क्लिकमान्डु