हकप्रद र बोनस सेयरको लाभकरको समस्या समाधानका लागि अर्थमन्त्रालयद्धारा समिति गठन



काठमाडौं । अर्थमन्त्रालयले हकप्रद र बोनस सेयरमा लाभकर लाग्ने विषयमा थप अध्ययन गर्नको लागि समिति गठन गरेको छ ।
अर्थमन्त्रालयका सहसचिव उत्तरकुमार खत्रीको संयोजकत्वमा समिति गठन भएको हो । आइतबार आन्तरिक राजस्व विभागले हकप्रद र बोनस सेयरमा अंकित मुल्यको आधारमा लाभकर लगाउने निर्णय गरेको थियो ।
त्यसपछि नेप्से परिसूचक ४० अकंले घट्यो भने मंगलबार सेयर बजारमा कारोबार भएन ।
अर्थमन्त्रालयले अध्ययन समितिले दिने सुझावको आधारमा निर्णय गर्ने जनाएको छ । लगानीकर्ताहरु लाभकरको व्यवस्था नहटाएसम्म कारोबार नगर्ने अडानमा छन् ।
अर्थमन्त्री डा युवराज खतिवडाले लाभकरमा देखिएको अन्यौल हटाउने बताएका थिए ।


क्लिकमान्डु