२० वर्षे थोत्रा गाडी प्रतिबन्ध उल्टाउने भौतिक योजनामन्त्री महासेठको तयारी



काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुविर महासेठले व्यवसायीसँगको मिलोमहतमा २० वर्षे थोत्रा गाडीको प्रतिबन्ध उल्टाउने कसरत सुरु गरेको छन् ।

मन्त्री महासेठले २०७३ माघमा गरिएको २० वर्षे थोत्रा सार्वजनिक सवारीको प्रयोगको प्रतिबन्धलाई फकुवा गर्ने तयारी गरेको हुन । मन्त्री महासेठले यातायात व्यवस्था विभागसँग २०७३ माघ मा भएको निर्णय फाइल मगाएका छन् ।

विभागले २०७३ फागुनदेखि काठमाडौं उपत्यामा २० वर्षे थोत्रला सार्वजनिक सवारीको रुपमा प्रयोग हुने सवारी प्रतिबन्ध गराएको थियो ।

यसैगरी विभागले २०७४ चैत एक गतेबाट देशभर २० वर्षे सवारी प्रयोगमा प्रतिबन्ध गराएको थियो । तर, व्यवसायीले सवारीको आयु वर्षको आधारमा नभई इज्जिन क्षमताको आधारमा प्रतिबन्ध लगाउनु पर्ने भन्दा माग अगाडि सारेका थिए ।

व्यवसायीले उपत्यकामा २० वर्षे सार्वजनिक सवारी प्रयोगमा प्रतिबन्ध भएपछि पुराना गाडी उपत्यका बाहिर ग्रामिण सडकमा प्रयोग गर्दै आएका थिए । तर, २०७४ चैतदेखि देशभर प्रतिबन्ध भएपछि पुराना गाडी कबाडीमा बेच्नु् पर्ने भएपनि ग्यारेजमा थन्काएर राखेको थियो ।

यातायात व्यवस्थामा कडाईका साथ लागे विभागका महानिर्देशक रुपनारायण भट्टराईलाई मन्त्रालयमा सरुवा गर्दै मन्त्री महासेठले व्यवसायीको माग अनुसार २० वर्षै सवारी प्रतिबन्ध फकुवा गर्ने लागेको हुन । यस अघि केपी ओली शर्मा पहिलो पटक प्रधानमन्त्री बन्दा नै २० वर्षे पुराना सार्वजनिक सवारीका कारण दुर्घटना बढेको र वातावरण प्रदुषण भएको भन्दै प्रतिबन्ध लगाउने निर्णय भएको थियो ।


क्लिकमान्डु