सरकारले कर थोपारेर लगानीकर्तालाई निरुत्साहित पार्यो : कांग्रेस नेता महत



बुटवल । नेपाली कांग्रेसका नेता डा रामशरण महतले सरकारले ल्याएको बजेट सस्तो लोकप्रियताका लागि मीठा मीठा शब्दहरुको जाल मात्र भएको आरोप लगाएका छन् ।

रिपोर्टर्स क्लब नेपाल ५ नं प्रदेश कार्यालयले आज बुटवलमा आयोजना गरेको साक्षात्कारमा उनले भने, “एक वर्षमा पाँच लाखलाई रोजगारी दिने बजेटमा उल्लेख गरिएपनि त्यसका लागि कुनै तयारी र अध्ययन देखिएको छैन् । ”

पूर्वअर्थमन्त्रीसमेत रहेका महतले सरकाले आर्थिक वृद्धिदर ८ प्रतिशतको लक्ष्य लिएपनि पुँजी लगानीबिना आर्थिक वृद्धि सम्भव नहुने बताउँदै पुँजी लगानीका लागि लगानीमैत्री वातावरण हुनुपर्छ तर सरकारले कर थोपारेर लगानीकर्तालाई निरुत्साहित गर्न खोजेको बताए ।

कांग्रेस संगठन विस्तार अभियानमा रहेको चर्चा गर्दै उनले कांग्रेस अब बलियो भएर अघि बढ्ने बताए ।


क्लिकमान्डु