कांग्रेस नेता गगन थापा भन्छन् : अर्थमन्त्रीलाई गफाडीको आरोप लाग्यो



काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले अर्थमन्त्री डा युवराज खतिवडालाई गफाडीको आरोप लागेको बताएका छन् ।

प्रतिनिधिसभामा बजेट बारे धारणा प्रस्तुत गर्दै नेता थापाले बृद्धभत्ताको विषयमा अर्थमन्त्रीले नभएको ढाटेको आरोप लागेको बताए ।

अर्थमन्त्री खतिवडाले राष्ट्रियसभाको बैठकमा बृद्धभत्ता दिने आर्किटेक आफ्नो भएको भन्दै यसमा नसिकाउन कांग्रेस सांसद्लाई भनेका थिए ।

बृद्धभत्ता दिने निर्णय गरेका तत्कालिन अर्थमन्त्री भरतमोहन अधिकारीले आज नयाँ पत्रिका दैनिकमा लेख लेख्दै अर्थमन्त्री खतिवडामा त्यो अपेक्षा नरहेको र उनी सो बजेट निर्माणको टिममा नरहेको बताएका छन् ।

कांग्रेस नेता थापाले बजेटलाई बोर्ड फस्ट आउने बच्चाले पास मात्र गरेको भन्ने टिप्पणी गरेका थिए ।

‘फेल हुन्छ कि भन्ने अनुमान गरेको बच्चा पास हुँदा खुसी सबैलाई लाग्छ,तर बोर्ड फस्ट नै हुने भनेको बच्चा पास हुँदा उत्साह हुँदैन,बजेट त्यस्तो खालको आएको छ।’थापाले भने ।

उनले बजेटमा स्पष्टताको अभाव भएको र संघियताको मर्म अनुसार बजेट नआएको बताए । हिजोको गाविस र नगरपालिकालाई दिने अनुदान जस्तै गरेर बजेट बिनियोजन भएको भनाई थापको छ ।

शक्तिशाली सरकारले मार्गदर्शक गर्ने र तत्कालिन अवस्थामा सुधार गर्ने गरेर बजेट नआएको र पूर्वाधारका क्षेत्रमा रकम मात्र छर्ने काम भएको थापाले बताए ।

उनले निर्वाचन क्षेत्र विकास कार्यक्रम खारेज नभएकोमा समेत असन्तुष्टी पोखे ।

‘दवावमा निर्वाचन क्षेत्र विकास कार्यक्रम ल्याएको अर्थमन्त्रीज्यूले भन्नुभयो,दवावमा उहाँले सुधार गर्ने काम गर्न सक्नु भएन,बजेट कोर्स परिवर्तन भएन’,थापाले भने ।

यस्तै थापाले बजेटमा सिर्जनशिलता नभएको र विद्य्वान अर्थमन्त्रीले ल्याएको बजेटमा करको दरमात्र बढाउन खोजिएको बताए ।


क्लिकमान्डु