सिद्धार्थ बैंक आइएमई पे वालेटमा आवद्ध



काठमाडौं । आइएमई पेका सेवाग्राहीहरूले अवदेखि सिद्धार्थ बैंकको खातामा लिंक गरि आइएमई पे वालेटमा सिधैं रकमान्तर गर्न सक्ने भएका छन् ।

बैंकले सेवाग्राहीहरूलाई आइएमई पे वालेटमा बैंक खाता लिंक गर्ने लगायत बैंक खाताबाट वालेट र वालेटबाट बैंक खातामा रकम जम्मा गर्ने जस्ता सेवाहरू उपलब्ध गराउने भएको हो ।

साथै बैंकका सेवाग्राहीहरुले ‘आइएमई पे’ मा उपलब्ध रिचार्ज र विभिन्न प्रकारका अनलाइन र अफलाइन भुक्तानी सेवाका अतिरिक्त मनी ट्रान्सफर सम्बन्धी सुविधा पनि प्राप्त गर्न सक्ने छन् ।

आइएमई ग्रुपद्वारा प्रवद्र्धित ‘आइएमई डिजिटल’ र सिदार्थ बैंकबीच ‘आइएमई पे वालेट’ मार्फत विविध मोबाइल वित्तीय सेवा उपलब्ध गराउने सम्बन्धी सम्झौता पत्रमा भएको हस्ताक्षर अनुसार यो सेवा प्रदान गर्न लागिएको हो । बैंक ‘आइएमई डिजिटल’ को बैंकिङ्ग साझेदार संस्था हो ।


क्लिकमान्डु