घरजग्गा कारोबारमा लाग्ने भयो थप कर, अर्थमन्त्री खतिवडाले गरे यस्तो कडाइ



काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले घरजग्गा कारोबारमा थप कडाइ गरेका छन् । कृषियोज्य जमिनलाई घरघडेरी बनाउन प्रतिबन्ध लगाएका खतिवडाले घरजग्गा कारोबारमा लाग्ने करमा पनि कडाइ गरेका छन् ।

बजेटले १० लाखभन्दा माथिको घरजग्गा करमा लाभकर लिने व्यवस्था गरेको छ । यसअघि ३० लाख रुपैयाँभन्दा माथिको घरजग्गा कारोबारमा मात्रै लाभकर लगाइँदै आएको थियो ।

घरजग्गा कारोबारीहरुले कर छल्न २९ लाख रुपैयाँमा कारोबार भएको देखाउँथे । अब त्यसो गरेर कर छल्न नपाउने भएका छन् । सरकारी रेटमै पास गर्दा पनि शहरी क्षेत्रमा ४ आना जग्गाको मूल्य पनि १० लाख रुपैयाँभन्दा माथि हुन्छ ।


पुष्प दुलाल