बजेटपछि महंगिए यी वस्तु, केमा कति बढ्यो कर ?



काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले आज आगामी आर्थिक वर्षको बजेट सार्वजानिक गरेका छन् । बजेटमार्फत अर्थमन्त्रीले विभिन्न वस्तुहरुमा कर बढाएका छन् ।

सरकारको बजेट घोषणासँगै उपभोक्ताले मदिरा, चुरोट, सूर्तीजन्य पदार्थमा महंगो शुल्क तिर्नु पर्ने भएको हो । मदिरा, चुरोट, सूर्तीजन्य पदार्थ स्वास्थ्यका लागि हानिकारक वस्तुमा अन्तःशुल्क वृद्धि गरिएको हो ।

यस्तै कोका मिश्रित चकलेट, पफ्र्यूम, खेलौना तथा रेफ्रिजेरेटर जस्ता वस्तुको आयात तथा आन्तरिक उत्पादनमा समेत अन्तःशुल्क लाग्ने व्यस्था आजको बजेटले गरेको छ ।

सवारी साधन अन्तर्गत ४ पाङ्ग्रे गाडीहरुमा पनि अन्तःशुल्क वृद्धि गरिएको छ । १ हजार सीसीभन्दा माथिका ४ पाङ्ग्रे सवारी साधनमा अन्तःशुल्क वृद्धि गरिएको हो ।

साथै मोटरसाइकलमा पनि अन्तःशुल्क वृद्धि गरिएको छ । १ सय ५० सीसीभन्दा माथिका क्षमता भएका मोटरसाइकलहरुमा अन्तःशुल्क वृद्धि गरिएको हो ।

यस्तै मदिरा तथा सूर्ति जन्य पदार्थमा पनि अन्तःशुल्क वृद्धि भएको हो ।

यस्तै आजैको मितिदेखि चुरोटको उत्पादन र पैठारीमा प्रतिखिल्ली पच्चीस पैसाका दरले स्वास्थ्य जोखिम कर लगाउने व्यवस्था भएको छ ।


पुष्प दुलाल