विवादित निर्वाचन क्षेत्र विकास कार्यक्रमको बजेट ४ करोड पुर्याइयो



काठमाडौं । सांसद्हरुले सिधै खर्च गर्ने विवादित बनेको निर्वाचन क्षेत्र विकास कार्यक्रमको बजेट बढेको छ ।

३ करोड रहेको निर्वाचन क्षेत्र विकास कार्यक्रमको लागि अर्थमन्त्री डा युवराज खतिवडाले ४ करोडको पुर्याएका छन् ।

सो कार्यक्रम मार्फत ५ वटा आयोजना ३ वर्षसम्मको लागि संचालन गर्न पाउने अर्थमन्त्री खतिवडाले बजेट भाषणमा उल्लेख गरेका छन् ।

१६५ वटा निर्वाचन क्षेत्रको लागि निर्वाचन क्षेत्र विकास कार्यक्रम अन्तर्गत ६ अर्ब ६० करोडभन्दा बढी रकम बजेट छुट्याइएको छ ।

अर्थमन्त्री खतिवडा र निर्वाचित सांसद्हरुबीच यो कार्यक्रमको विषयमा विवाद समेत भएको थियो ।


क्लिकमान्डु