७० वर्ष कटेकालाई सरकारले नै १ लाखको बीमा गरिदिने, बाबुआमालाई छोराछोरीले पाल्नै पर्ने



काठमाडौं । वृद्ध भएका बाबुआमालाई छोराछोरीले अनिवार्यरुपमा पाल्नुपर्ने भएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आर्थिक वर्षको बजेट सार्वजानिक गर्दै यस्तो व्यवस्था गरिएको जानकारी दिए ।

त्यसैगरी, ७० वर्ष नाघेका वृद्धवृद्धाको १ लाख रुपैयाँसम्मको बीमाको व्यवस्था मिलाएको र त्यसका लागि तिर्नुपर्ने बीमाशुल्क सरकारले नै तिरिदिने खतिवडाले जानकारी दिए ।


पुष्प दुलाल