प्रधानमन्त्री ओलीलाई बजेटको अन्तिम ब्रिफिङ गर्न हिँडे अर्थमन्त्री



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई आगामी आर्थिक वर्ष २०७५/७६ को बजेटको अन्तिम ब्रिफिङ गर्न अर्थमन्त्री डा. युवराज खतिवडा प्रधानमन्त्री कार्यालय पुगेका छन् ।

अर्थमन्त्री खतिवडा दिउँसो २ः २० मा प्रधानमन्त्रीलाई बिफ्रिङ गर्न अर्थ मन्त्रालयबाट निस्किएका हुन् । यतिखेर अर्थमन्त्रीले प्रधानमन्त्रीलाई बजेटको अन्तिम ब्रिफिङ गरिरहेका छन् । साथमा छन् योजना आयोगका उपाध्यक्ष डा. पुष्प कँडेल ।

प्रधानमन्त्रीको ब्रिफिङ सकेर अर्थमन्त्री खतिवडा मन्त्रिपरिषदले बैठकमा बजेटको आकार र प्राथमिकता पेश गर्नेछन् । मन्त्रिपरिषदले स्वीकृति दिएपछि राष्ट्रपति विद्यादेवी भण्डारीलाई ब्रिफिङ गर्न शितलनिवास जानेछन् । शितल निवासबाट सीधै बानेश्वरमा रहेको संसद भवन पुगेर अर्थमन्त्री खतिवडाले ४ बजे बजेट सार्वजानिक गर्नेछन् ।


पुष्प दुलाल