नेतालाई धन माथि धन थपिने, जनताको टाउकोमा ऋण थपिएको थपियै



काठमाडौं । केही दिनअघि मात्रै प्रधानमन्त्री कार्यालयले मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजानिक गर्यो । सार्वजानिक गरिएको मन्त्रीहरुको सम्पत्ति विवरणमा पहिल्यै मन्त्री भइसकेकाहरुको सम्पत्ति बढेको देखाइएको छ ।

कुनै पनि मन्त्रीको सम्पत्ति विगतको भन्दा घटेको छैन । बरु गुणात्मकरुपमा बढेको छ ।

अधिकांस नेपाली नेता तथा मन्त्रीहरुको कुनै ब्यापार बिजनेश छैन । तर, प्रत्येक वर्ष उनीरुको सम्पत्ति बढिरहेको हुन्छ ।

तर, दिनरात मिहेनत गर्ने जनताको थाप्लोमा भने प्रत्येक वर्ष ऋण थपिएको थपियै छ ।

एक वर्षको अवधिमै एक नेपालीको थाप्लोमा ५ हजार रुपैयाँले ऋण बढेको छ यो गत वर्षको भन्दा १९ प्रतिशतले बढी हो ।

सरकारले राज्यसत्ता सञ्चालनमा बढी खर्च गरेको र उमुलकमा आर्थिक विकास नभएका कारण नेपालीको थाप्लोमा ऋण बढेको हो । पछिल्ला ३ वर्षमा प्रतिव्यक्ति ऋण १० हजार रुपैयाँले बढेको छ । त्यसअघिका ३ वर्ष भने प्रतिव्यक्ति ऋण स्थिर जस्तै थियो ।

अर्थ मन्त्रालयले आइतबार सार्वजानिक गरेको आर्थिक वर्ष २०७४÷७५ को आर्थिक सवेक्ष अनुसार एक नेपालीको थाप्लोमा २९ हजार रुपैयाँ ऋण पुगेको छ । यो हालसम्म्कै उच्च हो । जबकी एक वर्ष अघि अर्थात् आर्थिक वर्ष २०७३÷७४ मा एक नेपालीको थाप्लोमा २४ हजार रुपैयाँ ऋण थियो ।

उक्त आर्थिक वर्ष पनि त्यसअघिको वर्षभन्दा प्रतिव्यक्ति ऋण ३ हजार रुपैयाँले बढेको थियो । आर्थिक वर्ष ०७२÷७३ मा एक नेपालीको टाउकोमा २१ हजार रुपैयाँ मात्रै ऋण थियो ।
आर्थिक वर्ष २०७१÷७२ मा १९ हजार र आर्थिक वर्ष २०७०र७१ मा १९ हजार आठ सय ९१ र आव २०६९र७० मा १९ हजार आठ सय ५९ रुपैयाँ थियो ।

आन्तरिक ऋण परिचालनमा उल्लेख्य वृद्धि भएका कारण पनि प्रतिव्यक्ति ऋण गत वर्षको भन्दा बढ्न गएको आर्थिक सर्वेक्षणमा उल्लेख छ ।

चालू आवको पहिलो आठ महिनासम्मको अवधिमा भुक्तानी गर्न बाँकी सार्वजनिक ऋण २ खर्ब ४३ अर्ब रुपैयाँ पुगेको छ ।


पुष्प दुलाल