पञ्चकन्याको एसएस ट्याङ्क भारत निकासी



काठमाडौं । पञ्चकन्याको एसएस ट्याङ्क भारतबाट निर्यात हुन थालेको छ । पञ्चकन्याका एसएस ट्याङ्कहरु भारतका पटना, लखनउ, कोलकत्ता लगायतका स्थानबाट निर्यात गर्न थालेको हो ।

एस.एस. ट्याङ्क बढी खीया प्रतिरोधात्मक, पानी छिटो नतात्ने, लक गर्न मिल्ने बिर्को, पर्याप्त निप्पलहरु तथा स्ट्याण्ड सहित हुनाले जडान गर्न सहज तथा सजिलै ट्याङ्क भित्रको फोहर सफा गर्न सकिने कम्पनीले जानकारी दिएको छ ।

पञ्चकन्याले अत्याधुनिक प्रविधि प्रयोग गरी ३ सय ४ फुड ग्रेडको भर्टिकल तथा होरिजेन्टल र ३ सय १६ ग्रेडको स्टेनलेश स्टील ट्याङ्कहरु विगत ६ वर्षदेखि विभिन्न क्षमतामा उत्पादन गरी बिक्री गर्दै आएको छ ।


क्लिकमान्डु