कांग्रेसले ‘राम्रो निबन्ध’ भनेको नीति तथा कार्यक्रममा कस्तो जवाफ देलान् प्रधानमन्त्रीले ?



काठमाडौं । सरकारले संघीय संसद्मा पेश गरेको आर्थिक वर्ष २०७५/७६ को वार्षिक नीति तथा कार्यक्रमलाई सत्तापक्षले गज्जब भनेर प्रतिरक्षा गरिरहेको बेला प्रमुख प्रतिपक्षले भने राम्रो निबन्ध मात्रै रहेको बताएको छ ।

यही जेठ ७ गते संघीय संसदमा प्रस्तुत भएको नीति तथा कार्यक्रममा ३ दिन नियमित छलफल भयो । सत्तापक्षले कार्यक्रमको प्रतिरक्षा गरे । प्रमुख प्रतिपक्षी लगायतका दलले नीति तथा कार्यक्रममा केही नभएको तर राम्रो निबन्ध मात्रै रहेको बताइरहेको बेला आज प्रधानमन्त्रीले जवाफ दिने तयारी गरेका छन् ।

आज ११ बस्ने प्रतिनिधिसभा र १३.०० बजे बस्ने राष्ट्रियसभाको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सांसदहरुले उठाएको प्रश्नको जवाफ दिने कार्यक्रम छ । सांसदहरुले सरकारको नीति तथा कार्यक्रमले जनअपेक्षा पूरा नगरेको, हावादारी रहेको भन्दै टिप्पणी गरेका थिए ।

प्रतिपक्ष काँग्रेसले त नीति तथा कार्यक्रम प्रस्तुत गर्दा राष्ट्रपति विद्यादेव िभण्डारीले सभामुख र राष्ट्रियसभाका अध्यक्षको मर्यादा कायम नराखेको भन्दै आलोचना गरेका थिए । उनीहरुले राष्ट्रपति महारानीको शैलीमा प्रस्तुत भएको आरोप लगाएका थिए ।

प्रतिपक्षको चर्को आलोचनाको प्रतिवाद गर्दै सत्तापक्षका सांसदले राष्ट्रपतिको मउर्यादा विपरित गएर काँग्रेसका सांसदले बोलेको महारानी भन्ने शब्द रेकर्डबाट हटाउन माग गरेका थिए ।

प्रधानमन्त्रीले राम्रै तयारी गर्नुभएको छ, प्रधानमन्त्री निकट स्रोतले बन्यो । सांसदमा कुन सांसदले के कुरा बोले सबै रेकर्ड प्रधानमन्त्रीसँग छ । उहाँले आज राम्रै्र जवाफ दिनुहुनेछ, प्रधानमन्त्री निकट स्रोतले भन्यो ।


पुष्प दुलाल