विराटनगरबाट एकाविहानै दैनिक उडान



काठमाडौं । बुद्ध एयरले यहि जेठ १८ गते (जुन १) बाट दैनिक विराटनगर – काठमाण्डौ बिहानी उडान गर्न लागेको छ ।

विराटनगरबाट बिहानै ७ बजे काठमाडौंका लागि जहाजले उडान भर्नेछ । जहाज ७ः४० बजे काठमाडौंमा अवतरण गर्नेछ ।

यसैगरि काठमाडौंबाट साँझ ६ बजे विराटनगरको उडान पनि थपिएको छ । सो जहाज बेलुका विराटनगरमै बस्ने कम्पनीले प्रेस विज्ञप्तिमा जनाएको छ ।

विराटनगरमा रात्रि विश्रामले आर्थिक हिसाबले कम्पनीलाई थप व्ययभार पर्ने निश्चित छ । यसो गर्दा यात्रुहरुलाई समयमा नै गन्तव्यमा पुग्न सजिलो हुने कम्पनीले बिश्वास लिएको छ ।

विहान १० बजेदेखि  ५ बजेसम्म काठमाडौं त्रिभुवन विमानस्थलमा अत्यधिक उडानहरुको चापले गर्दा प्रायः विभिन्न घरेलु उडानहरु विलम्व हुने गरेको छ । साँझ ६ बजेको उडान थपिनुको मुख्य कारण पनि यही नै हो ।

यस उडानबाट कामकाजीहरुलाई एक दिनमै काठमाण्डौमा आफ्नो काम सकेर बेलुका विराटनगर फर्किन सहज हुने कम्पनीको विश्वास छ ।
यसअघिका उडानहरु काठमाडौंबाट उडान भरि फेरि काठमाडौं नै फर्किने गरेको थियो ।


क्लिकमान्डु