त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भूमिगत इन्धन भन्डार



काठमाडौं । देशको एक मात्रै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थमा रहेको एटीएफ (इन्धन भन्डार) अन्डर ग्राउन्डेड (भूमिगत) बनाइने भएको छ ।

विमानस्थलको सुरक्षालाई मध्यनजर राख्दै इन्धन भन्डार अन्डर ग्राउन्डेड बनाउन लागिएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीले जानकारी दिए ।

‘इन्धन अतिसंवेदनशिल पदार्थ हो’, मन्त्री अधिकारीले भने, ‘अन्डरग्राउन्डेड गर्नका लागि नेपाल आयाल निगमसँग छलफल भइरहेको छ ।’

नेपाल आयाल निगमको सहकार्यमा इन्धन भन्डारलाई अन्डर ग्राउन्डेड गर्ने कार्याको सम्भावता अध्ययन केही समयमा सुरु हुने मन्त्री अधिकारीको भनाइ छ ।

इन्धन भन्डार अन्डर ग्राउन्डेड गर्दा विमानस्थलको व्यवस्थापनमा पनि केही सहजता हुने अधिकारी बताउँछन् ।

‘देशको एक मात्रै अन्तर्राष्ट्रिय विमानस्थलले देशको प्रतिष्ठासँग जोडिन्छ’, मन्त्री अधिकारीले भने ।

इन्धन भन्डारलाई अन्डर ग्राउन्डेड गर्दा त्यसमाथि अन्यको स्पेशमा विमानस्थ पार्किङदेखि अन्य व्यवस्थापनमा सहयोग गर्छ ।

विमानस्थलमा अहिले इन्धन भन्डार भएको क्षेत्रफल एउटा प्रयोजनका लागि मात्रै प्रयोग भएको छ । भन्डारलाई अन्डर ग्राउन्डेड बनाउन अहिलेको आवश्यकता पनि हो ।


क्लिकमान्डु