प्रधानमन्त्री ओलीलाई झन् शक्तिशाली बनाइयो



काठमाडौं । दुइतिहाइ संसदको समर्थनमा प्रधानमन्त्री बनेका केपी ओली झन् झन् शक्तिशाली बन्दै गएका छन् ।

यसअघि नै सम्पत्ति सुद्धिकरण विभाग र आन्तरिक राजस्व विभाग लगायतका निकायहरु प्रधानमन्त्री कार्यालय मातहत राखेर शक्तिशाली भएका ओलीले फेरि अर्को शक्ति थपेका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार संसदमा प्रस्तुत गरेको सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा अनुगमन गर्ने निकाय पनि प्रधानमन्त्री कार्यालय मातहत राखिने उल्लेख छ ।

राजस्व र सम्पत्ति सुद्धिकरण विभाग प्रधानमन्त्री कार्यालयमा मातहत राख्दा ओली सरकार तानाशाह बन्ने खतरा रहेको भन्दै बिरोध भएको थियो ।

तर, नीति तथा कार्यक्रममा प्रधानमन्त्री ओलीलाई अझ बढी अधिकार सम्पन्न बनाइएको छ, अरु अनुगमन गर्ने निकायलाई पनि प्रधानमन्त्री कार्यालय मातहत राखेर ।


पुष्प दुलाल