एन्ड्रोइड, स्मार्ट, एलइडी र यूएचडी टिभीको किन्दा २५ प्रतिशतसम्म नगद फिर्ता हुने



काठमाडौं । के एल दुगड समूह अन्र्तगतको स्मार्ट अप्लाइन्सेस कम्पनीले ‘स्काईवर्थ वल्र्डकप अफर’ संचालनमा ल्याएको छ ।

फिफा विश्वकप २०१८ लाई लक्षित गरेर कम्पनीले स्काइवर्थका बिभिन्न टेलिभिजनहरुको खरिदमा २५ प्रतिशतसम्म छुटको योजना अगाडि सारेको छ । कम्पनीले नेपाली बजारमा बिक्री गरिरहेको एन्ड्रोइड, स्मार्ट, एलइडी र ४के यूएचडी टेलिभिजनमा विशेष क्यसब्याक अफर ल्याएको हो ।

यस योजनामा ग्राहकले २५ प्रतिशतसम्म नगद (फिर्ता) छुट पाउने छन् । कम्पनीले बिक्री गर्दै आएको गुगल एन्ड्रोइड टेलिभिजनमा ४३ यू ५, ४९ यू ५ र ५५ जी ६ रहेको छ । स्मार्ट टिभीहरुको मोडल ३२ एस ३ ए ३१ टी रहेको छ ।

त्यस्तै एलइडी टेलिभिजनमा २४ई ३ ए १२ जी, ३२ ई २, ८० ई ३१००, ४३ ई ३ ए १२ जी र ५५ ई ३ रहेको छ । कम्पनीले बिक्रीगर्ने ४ के यूएचडीको मोडल नम्बर ६५ ई ६००० रहेको छ ।

नेपाली उपभोक्ताको मुख्य रोजाइमा रहेको यस ब्रान्डका एन्ड्रोइड, स्मार्ट, एलइडी र ४ के यूएचडी टिभीको खरिदमा कम्पनीले २५ प्रतिशतसम्म छुट दिने छ ।

स्काइवर्थका इलेक्ट्रोनिक्स घरायसी सामानहरु नेपाली बजारमा निकै चर्चित रहेका छन् । कम्पनीले बिगत ४ बर्षदेखि स्काइवर्थका सामानहरु नेपाली बजारमा बिक्री वितरण गर्दै आइरहेको छ । यो ब्रान्ड ग्राहकको रोजाइमा विश्वसनिय, टिकाउ र संचालनगर्न सहज रहेको छ ।

कम्पनीले नजिकिदै गरेको विश्वकप २०१८ आफ्नै घरमा बसेर टेलिभिजनमा हेर्ने उपभोक्तालाई मध्यनजर गर्दै यो योजना ल्याएको हो । स्काइवर्थको क्वालिटिसँग फुटवलको आन्नद उठाउन सकियोस भनेर विशेष अफर योजना ल्याएको हो ।

स्मार्ट अप्लाइन्सेस नेपालको लागि इलेक्ट्रोलक्स,स्काइर्वथ,ओस्टर, फेगोर र ह्वाइट–वेस्टिङहाउस कम्पनीको आधिकारीक वितरक रहेको छ । स्काइवर्थले आफ्ना ग्राहकलाई विश्वभरनै वेष्टप्राइसमा उत्कृष्ट टेलिभिजनहरु बिक्री गर्दै आइरहेको छ ।
यो ‘स्काइवर्थ वल्र्डकप अफर’ निश्चित अवधीकोलागि मात्र दिइएको हो ।


पुष्प दुलाल