कोकाकोला स्थापनाको १३२ वर्ष पुरा



काठमाडौं । कोकाकोलाले आफ्नो स्थापनाको १३२ बर्ष पूरा गरेको छ। उत्पादनको परिकल्पना एट्लान्टा फर्मासिस्ट डा जोन एस पेम्बर्टनले गरेका हुन्।

सन् १८८६ मे ८ मा कम्पनी स्थापना भएको हो। नेपालमा भने सन् १९७९ मे ८ देखि मात्रै यसको सुरुआत भएको हो। बालाजु र भरतपुरमा गरी अहिले नेपालमा यसका २ वटा प्लान्टहरु संचालनमा छन्।

हाल विश्वका २ सयभन्दा बढी देशहरुमा कोकाकोलाको उत्पादन हुने गरेको कम्पनीले जनाएको छ। कम्पनीले विश्व भरिनै रिफ्रेस, प्रेरक र भ्यालु क्रियटलाई प्राथमिकतामा राखेर काम गर्दै आइरहेको छ ।

बोर्टलर्स नेपालका प्रबन्ध निर्देशक पुनित वाश्र्नेले झण्डै ४ दशकदेखि नेपालीको मन जित्न सफल भएको बताए।

कोकाकोला कम्पनीका कन्ट्री डाइरेक्ट अम्बुज सिंहले सबै संस्कृति, जिवनशैली तथा पृष्ठभुमिका उपभोक्ताले कोकाकोला ब्राण्डलाई मन पराएको बताए। आगामी दिनमा उपभोक्ता चाहानालाई सम्वोधन गर्दै लगिने उनले प्रतिबद्धता जनाए।

डा पेम्बरर्टनका पार्टनर र बुक फ्रान्क एम.रोबिन्सनले यो पेय पदार्थको नाम कोकाकोला राखेका थिए।  उनले नै यसको डिजाईन र ट्रेडमार्क दर्ता गरेका हुन्, जुन अहिलेसम्म प्रयोगमा आइरहेको छ। यसलाई अमेरिकी बजारमा फैलाउने काम एस जी. क्याण्डलरले गरेका हुन्।


पुष्प दुलाल