रत्नपार्क नयाँ बसपार्क चल्ने गाडीको रुट परमिट खारेज




काठमाडौं । यातायात ब्यवस्था विभागले सिण्डिकेटको पक्षमा लागेका यातायात ब्यवसायीको रुट परमिट खारेज गर्न सुरु गरेको छ ।

यो रुटमा २६ वटा माइक्रो संचालनमा रहेका थिए ।

विभागले आज (शुक्रबार) रत्नपार्क नयाँ बसपार्क रुटमा चल्ने एस ५ रुटमा चल्ने सम्पूर्ण सार्बजनिक सवारी साधनको रुट परमिट खारेज गरेको हो ।

यातायाता ब्यवस्था विभागका प्रवक्ता तुलसीराम अर्यालका अनुसार सो रुटको परमिट खारेज गरिएको छ । यो रुटमा कम्पनीको नाममा दर्ता भएका गाडीलाई परमिट दिने विभागको तयारी छ ।

यस्तै सिण्डिकेटको पक्षमा लाग्दै यातायात बन्द गराउने अन्य रुटमा पनि परमिट खारेज गर्न अध्ययन भइरहेको प्रवक्ता अर्यालले जानकारी दिए ।


क्लिकमान्डु