नेपाल चेम्बर र इन्डियन इन्डष्ट्रिजबीच सहकार्य
काठमाडौं । नेपाल चेम्बर अफ कमर्स र इन्डियन इन्डष्ट्रिज एसोसिएसनबीच राजधानीमा आइतबार समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
समझदारीपत्रमा चेम्बरका अध्यक्ष राजेश काजी श्रेष्ठ र एसोसिएसनका अध्यक्ष सुनिल बैशले हस्ताक्षर गरेका हुन् ।
अध्यक्ष श्रेष्ठले आईआईएसंगको सम्झौताले नेपालमा लगानी बढाउनका लागि महत्वपूर्ण हुने बताए ।
उनले समझदारीपत्रमा भएको हस्ताक्षरपछि दुवै देशको आर्थिक समृद्धिमा टेवा पुग्ने विश्वास व्यक्त गरे ।