चोभारमा ३३ करोड रुपैयाँमा यस्तो बन्दैछ फलफूल तथा पुस्प बजार (फोटो फिचर)




काठमाडौं । चौभारमा अत्याधुनिक फलफूल तथा पुष्प बजार बनाउने काम ३५ प्रतिशत सकिएको छ । कूल ३३ करोड रुपैयाँको लगानीमा बन्न लागेको चौभारको बजारमा अन्डर ग्राउन्ड पार्किङ स्थालसहितको फलफूल बजार बजाउन लागिएको हो ।

बजार बनाउने काम मध्ये सुरुमा जग उठाएर लिफ्ट सहितको बेसिन बनाइसकेको इन्जियिनर आलोक भट्टले जानकारी दिए ।

‘हामीले वालमा समेत सबै ढलान गरेर बनाउने तयारीमा छौँ, पानी नपरेको खण्डमा ढलान गर्ने काम चाँडै सकिन्छ,’ भट्टले भने ।

अहिले १ हजार ५ सय ६० वर्ग मटिरमा मुख्य फलफूल बजार बनाउन पार्किङ र २ वटा लिफ्ट सहित बनाइएको उनले जानकारी दिए । यस्तै फलफूलको लागि अर्को तर्फ ३ हजार ६० वर्ग फिटमा संरचना बनाइदै गरेको उनले बताए ।

पुष्प बजारको लागि भने छुट्टै ४ सय वर्ग फिटमा आखिझ्याल सहितको आकर्षक तरिकाे ४ तले भवन निर्माण हुन लागेकाे छ ।

‘हामीले २ दिनमै २ सय ६४ मिटर क्यूब ढलान गरेका छौँ, केही समय रिङरोड बन्ने कुराले काम ठप्प भएको थियो, अब तिब्र गतिमा यसको निर्माणमा लाग्यौँ भने ७० प्रतिशत काम ४५ दिन भित्र पूरा गर्न सकिन्छ,’ भट्टले भने ।

९ महिना जति समय सडकको रिङरोड निर्माणले रोकिएको अर्का इन्जिनियर अजय महतोले बताए ।

‘रिङरोड निर्माणले नै दिएको समय खायो, अब ४०–४५ दिन बाँकी छ, पूर्ण त भन्न सक्दैनौँ तर, यसरी नै काम तिब्र गतिमा भए ७० प्रतिशत काम सकिन्छ,’ महतोले भने ।

चोभारमा २२ रोपनी जग्गामा बन्न लागेको फलफूल तथा पुष्प बजारमा लगभग ६ करोड बराबरको लगानीको काम भैसकेको भट्टले जानकारी दिए ।

उनले डन्डी बनाउने काम सकिसकेको र अब ढलानको काम मात्र बाँकी रहेको बताए ।

‘सबैभन्दा गाह्रो काम नै जग उठाउने हो, गहिरो भएकाले यो काम ढिलै गरी भए पनि सकिएको छ, अब ढलान गर्ने काममा धेरै समय खचिने छैनौँ,’ भट्ट भन्छन् ।

यस्तै प्याक्टका वरिष्ठ योजना अधिकृत दिनेश प्रसाद सापकोटाले चोभारमा फलफूल तथा पुष्प बजार बनाउने काम सुस्त गतिमा भइरहेको बताएका छन् ।

उनले ६ करोड लगानी सकिदा समेत जग उठाउनमा मात्र खर्च भएकोमा असन्तुष्टि व्यक्त गरेका हुन् ।

‘काम भइरहेको छ तर, यसलाई तिब्रगतीमा लान सकिएको छैन, समयमा सकिन्छ सकिदैन भन्न सकिन्न’ सापकोटाले भने ।


क्लिकमान्डु