सिन्डिकेट गर्न नपाएपछि गाडी व्यवसायीले २७ गतेदेखि अनिश्चितकालिन बन्द गर्ने



काठमाडौं । सिन्डिकेट गर्न नपाएपछि सार्वजनिक यातायात संचालक आन्दोलनमा उत्रेका छन् ।

सरकारले सिन्डिकेट खारेज गर्ने निर्णय गरेसँगै नेपाल राष्ट्रिय व्यवसायी यातायात महासंघको नेतृत्वमा सम्पूर्ण सार्वजनिक यातायात ठप्प बनाउन गाडी व्यवसायीले आन्दोलनको घोषणा गरेका हुन् ।

चरणबद्ध आन्दोलन घोषणा गरेका यातायात व्यवसायीको आन्दोलन आजदेखि सुरु भएको छ । जसमा गाडी व्यवसायीले चैत १२ देखि नै सार्वजनिक यातायातलाई अस्तव्यस्त बनाउने समेटिएको छ ।

गाडी व्यवसायीले गाडी सार्वजनिक रुपमा चैत २१ गते सार्वजनिक यातायात बन्द गर्ने छन् । गाडी व्यवसायीले यसलाई गाडी ग्यारेजमा लगेर थन्काउने भनेका छन् ।

यस्तै बैशाख २७ गतेसम्म सरकारले माग पुरा नगरेमा सबै गाडी ग्यारेजमा थन्काउने माग रहेको छ ।


क्लिकमान्डु