गाडी व्यवसायीलाई साथ दिदै पेट्रोलियम डिलर्सले देशभर पेट्रोलियम पदार्थको बिक्री ठप्प गर्ने



काठमाडौं । सिन्डिकेट गर्न पाउनुपर्ने भन्दै देशभर यातायात ठप्प पार्न लागेका यातायात व्यवसायीलाई पेट्रोलियम डिलर्स राष्ट्रिय एशोसियनले पनि साथ दिएको छ ।

सरकारले सिन्डिकेट खारेज गर्ने निर्णय गर्दै देशभर रहेका यातायात व्यवसायीको समिति खारेज गर्ने निर्णय गरेको छ । तर,यातायात व्यवसायीले भने मंगलबार पत्रकार सम्मेलनको गरेर आन्दोलनको घोषणा गर्ने तयारीमा छन् ।

सिन्डिकेटको नेतृत्व गरिरहेको नेपाल यातायात व्यवसायी राष्ट्रिय व्यवसायी महासंघको नेतृत्वमा नेपाल ट्रक यातायात व्यवसायी महासं,पेट्रोलियम ढुवानी व्यवसायी महासंघ,पेट्रोलियम डिलर्स राष्ट्रिय एशोसियन र ढुवानी व्यवसायी महासंघले आन्दोलनमा साथ दिएका हुन् ।

सिन्डिकेट गर्न आन्दोलन गर्नका लागि यातायात व्यवसायीले यातायात व्यवसायी महासंघ सयुक्त आन्दोलन मुल समिति गठन गरेका छन् ।
यातायात व्यवसायीले बैशाख २० देखि नै यातायात ठप्प पार्ने कार्यक्रम घोषणा गर्न लागेका छन् ।

यातायात व्यवसायीले लिखित रुपमा यातायात ठप्प पार्ने नभन्ने तर,सार्वजनिक र ढुवानीको गाडी नचलाउने र तथा पेट्रोल पम्प समेत बन्द गर्ने आन्दोलनको क्रममा गर्ने निर्णय गरेका हुन् ।

आन्दोलन समितिले गणतन्त्र ल्याउन यातायात व्यवसायीको समेत भूमिका रहेको र सरकारले यातायात व्यवसायीसँग छलफल नगरेर एकतर्फी रुपमा व्यवसायलाई धरासायी बनाउन लागेको भन्दै आन्दोलनको घोषणा गर्न लागिएको जनाएका छन् ।

सरकारले भने आन्दोलन गर्ने गाडी व्यवसायीको रुट परमिट समेत खारेज गर्ने र जफत गरेर भएपनि गाडी चलाउने तयारी भएको जनाएको छ ।


क्लिकमान्डु