सिन्डिकेट गर्ने यातायात व्यवसायीलाई झड्का, समितिको दर्ता खारेज र नविकरण नहुँने



काठमाडौं । सार्वजनिक यातायातमा सिन्डिकेट गर्ने यातायात समिति खारेज हुने भएको छ ।

जिल्ला प्रशासन कार्यालयबाट संघसंस्था अन्तर्गत दर्ता भएर अर्बैको कारोबार गर्दै आएका समितिले सिन्डिकेट गर्ने र कर नतिर्ने गर्दै आएका थिए ।
सोमबार बसेको मन्त्रीपरिषद्को बैठकले देशभर रहेका यातायात समितिको नविकरण नगर्ने भएको छ ।

संघ संस्था ऐन, २०३४ अनुसार दर्ता हुँदै आएकामा अब त्यो व्यवस्था रोकेको हो । त्यस्ता संघ संस्थाले कम्पनी रजिस्टारको कार्यालय वा सम्बन्धित मन्त्रालयबाट दर्ता अनुमति लिनुपर्ने छ ।

यातायात व्यवसायीले सिन्डिकेट गर्न नपाउने भन्दै भोलि आन्दोलनको घोषणा गर्ने तयारीमा छन् । सरकार सिन्डिकेट खारेज गर्न कडारुपमा प्रस्तुत हुने निर्णय गरेको छ ।


क्लिकमान्डु