सरकारलाई १४ करोड रोयल्टी नतिरी ५ क्यासिनो सञ्चालनमा



काठमाडौं । जुवा खेलाउन दर्ता भएका जुवा घर (क्यासिना) ले नविकरण दस्तुर दाखिला नगरी सञ्चालन गरेको पाइएको छ ।

महालेखा परीक्षकको ५५औं प्रतिवेदनमा चालु आव २०७४/७५ मा क्यासिनो सञ्चालन गरिरहेको ५ वटा क्यासिनोले नबिकरण दस्तुर दाखिला नगरेको जुवा खेलाइरहेको उल्लेख छ ।

पाँच वटा क्यासिनोले चालु आवको नबीकरण आव २०७३/०७४ मा दाखिलन गर्नुपर्ने भएपनि अटेरी गरी नबिकरण शूल्क तिरेको छैनन् ।

प्रतिवेदन अनुसार ५ वटा क्यासिनोले १४ करोड रुपैयाँ नबीकरण दस्तुर तिरेको छैनन् । क्यासिनो सञ्चालन गर्नका लागि एक वर्ष आगाडि नै नबीकरण दस्तुर तिर्नुपर्ने नियम छ ।

यसैगरी प्रतिवेदनमा अनुसार ६ वटा क्यासिनो सञ्चालन गरिरहेको कम्पनीले ७ करोड नबिकरण राजस्व तिरेको छैन ।

यसैगरी अन्य ३ क्यासिनोले पनि ७ करोड २५ लाख रुपैयाँ राजस्व दाखिला गरेको छैन ।

आधुनिक मेशिनबाट जुवा खेलाउनका लागि एक स्थानको लाइसेन्न लिएर थप ३ ठाउँबाट खेलाउनेले पनि सरकारलाई १ करोड ५० लाख रकम दाखिला नगरेको प्रतिवेदनमा उल्लेख छ ।

२०७२ साल अगाडिको १ अर्ब ३३ करोड रुपैयाँभन्दा बढी रकम क्यासिनो सञ्चालकबाट उठाउन नसेकेको सरकारको काधमा फेरि २९ करोड ७५ लाख रुपैयाँ संकलनको जिम्मा थपिएको छ ।

अहिले रकम समयमै नतिर्ने क्यासिनो अधिकांश अदालतको आदेशमा सञ्चालन भइरहेका छन् ।


पुष्प दुलाल