उद्योगमा थपियो १९ हजार रोजगारी



काठमाडौं । चालु आर्थिक बर्षको फागुन मसान्तसम्ममा औद्योगिक क्षेत्रमा १८ हजार ९ सय २ जनालाई रोजगारी सिर्जना भएको छ । ३ सय २ वटा उद्योगमा १८ हजार ९०२ जनाले रोजगारीको अवसर प्राप्त गरेका हुन् ।

उद्योग विभागले दिएको जानकारी अनुसार उर्जामूलक क्षेत्रमा २६ वटा उद्योग मार्फत १६ सय ८ जनाले रोजगारी पाएका छन् ।

कृषिजन्य क्षेत्रमा १५ वटा उद्योग मार्फत ३ सय ५१ जनाले रोजगारी पाएका छन् । निर्माण क्षेत्रमा ३ वटा उद्योग मार्फत २ सय २८ जनाले रोजगारी पाएका छने ।

सूचना, प्रसारण तथा सञ्चार प्रविधि क्षेत्रमा १५ वटा उद्योगमार्फत ७ सय ५८ जनाले रोजगारी पाएका छन ।

उत्पादनमूलक क्षेत्रमा ८७ उद्योग मार्फत ९ हजार २ सय ९१ जनाले रोजगारी पाएका छन । खनिज क्षेत्रमा ३ वटा उद्योग मार्फत ५ सय २० जनाले रोजगारी पाएका छन ।

सेवामूलक क्षेत्रमा ६७ वटा उद्योग मार्फत २८ सय ८८ जनाले रोजगारी पाएका छन । पर्यटन क्षेत्रमा ८६ वटा उद्योग मार्फत ३२ सय ५८ जनाले रोजगारी पाएका छन ।


पुष्प दुलाल