अब स्कुल बस ९ बजे भित्र विद्यार्थी सहित स्कुल पुग्नु पर्ने



काठमाडौं । अब स्कुल बसहरुले ९ बजे भित्रै विद्यार्थीलाई स्कुल पुराई सक्नुपर्ने भएको छ । यो व्यवस्था उपत्यकाभर सोमबारदेखि लागु हुन लागेको हो ।

काठमाडौं उपत्यकामा कार्यलय समयमा हुने गाडीहरुको चापलाई न्युनिकरण गर्नका लागि सो व्यवस्था कार्यान्वयन गर्न लागिएको यातायात व्यवस्था विभागका महानिर्देशक रुपनारायण भट्टाराईले जानकारी दिए ।

विभाग, ट्राफिक प्रहरी र महानगरपालिकाको संयोजगत्वमा यस्तो व्यवस्था गरिएको हो ।

‘भोलिदेखि ९ बजे भित्रै सबै स्कुल बसले विद्यार्थीलाई स्कुल पुराई सक्नुपर्नेछ, साथै बेलुका ४ बजेभित्र सबै विद्यार्थी अभिभावका पुर्यानु पर्छ,’ भट्टाराईले भने ।
बेलुकी कक्षा संचालन गर्ने कलेजा बसहरुले छुट्टी हुने समयको जानकारी गराएर मात्र बस गुडाउन पाउने उनले प्रष्ट पारे ।

‘हामी एक हप्तापछि कडाइका साथ सबै स्कुल तथा कलेजको अनुगमन गर्ने छौँ, अनुगमनमा नियम पालना नभए भेटिएमा कारबाही कडा कारबाही गर्ने छौं’ भट्टाराईले भने ।

स्कुल बसके रंग पनि तोकिएको छ । स्कुल बसको रंग पहेलो हुनु पर्नेछ । स्कुल बसमा स्कुलको नाम र ठेगाना अनिवार्य लेखिएको हुनुपर्नेछ ।

कतिपय विद्यालयले भाडाका गाडी लिएर विद्यार्थी ल्याउने तथा पुर्याउने काम गर्ने तर्फ इंकित गर्दौ भट्टराईले भने, ‘त्यस्ता सार्वजनिक सवारी साधनले रुटको इजाजत पत्र लिनुपर्ने सवारी चलानु पर्नेछ ।

साथै स्कुल बस प्रति घण्टा ३० किलो मिटरभन्दा बढी गतिमा गुड्न पाउने छैनन् ।

विद्यालयका चालक तथा सहचालकले अनिवार्य रुपमा पोसाक लगाउनु पर्ने पनि व्यवस्था गर्न लागिएको छ ।


क्लिकमान्डु