एनटीसी र एनसेलमध्ये कसको लोन लिँदा फाइदा ?



काठमाडौं । निजी क्षेत्रको दुरसञ्चार सेवा प्रदायक एनसेलले सापटी सेवाको शुरु गरेको ५ बर्षपछि सरकारी स्वामित्वको नेपाल टेलिकम (एनटीसी) शुक्रबारदेखि सापटी सेवा शुरु गरेको छ ।

दुई ठूला दुरसञ्चार सेवा प्रदायकले ग्राहकसँग ‘मेन व्यालेन्स’ नभएको समयमा पनि सेवा प्रदान गर्न सकुन् भनेर सापटी सेवा ल्याएका हुन् ।

एनसेल र एनटीसीमध्ये कसको सेवा लिँदा ग्राहक लाभान्बित हुन्छन् । मोबाइलमा मेन ब्यालेन्स सकिएको अवस्थामा सेवा प्रयोग गर्न पाउनु ग्राहकका लागि फाइदाजनक नै मान्नु पर्छ ।

एनटीसीले सापटी सेवा सुरु गर्नुअघि ग्राहकहरुसँग एनसेलको सापटी सेवा प्रयोग गर्नुको विकल्प थिएन । एनटीसीले सेवा सुरु गरेसँगै ग्राहकले आफूलाई पायक पर्ने कम्पनीको सेवा लिनसक्ने भएका छन् ।

एनसेलले २०६९ जेष्ठ ३२ गतेदेखि ‘एनसेल सापटी’ र एनटीसीले २०७४ चैत १५ गतेदेखि ‘नमस्ते क्रेडिट’ को नाम सापटी दिने योजना ल्याएको हो ।

एनसेलले सुरुवाती समयमा २० रुपैयाँदेखि सुरु गरेको सापटी योजना हाल ४० रुपैयाँसम्म पुर्याएको छ । एनटीसीले ग्राहकले फोनमा खर्च गर्ने पैसाको आधारमा ५ रुपैयाँदेखि ४० रुपैयाँसम्मको सापटी दिने व्यवस्था मिलाएको छ ।

एनसेलमा ९९८८ मा कल गरेर वा ९९८८ मा ‘ए’ टाइपगरी सेवा सुचारु गर्न सकिन्छ । एनसेलको सापटी योजनामा सहभागि हुनका लागि सिस्टमलाई अर्डर दिनुपर्ने हुन्छ । एनसेलको सिस्टमले ग्राहकको मेन ब्यालेन्समा ४० रुपैयाँ सापटी दिन्छ ।

एनटीसीको क्रेडिट योजना भने स्वचालित रुपमा संचालन हुन्छ । ग्राहकले १४७७ नम्बरमा ‘स्ट्याटस’ टाइपगरी सेवाको बारेमा जानकारी लिन सक्नेछन् । एनटीसीको सिस्टमले ग्राहकलाई कति रुपैयाँसम्मको सापट प्रयोग गर्नसक्ने बारेमा जानकारी दिन्छ ।

एनटीसीको क्रेडिट योजना स्वचालित सेवा भएकाले फोन गर्दा, एमएमएस गर्दा वा डाटा प्रयोगर्दा मेन ब्यालेन्समा पैसा सकिए पनि सापटीको रुपमा रहेको पैसाबाट सेवा अवरुद्ध हुन पाउँदैन ।

एनसेलको सापटी योजना सुरु गर्न सिस्टमलाई अर्डर दिनुपर्ने भएकाले सेवा प्रयोग गर्ने क्रममा व्यालेन्स सकिएमा सेवा अवरुद्ध हुन्छ । सिस्टमलाई अर्डर दिएर सापटी लिएर सेवा प्रयोग गर्नु पर्ने हुन्छ ।

क्रेडिट योजना संचालिन भए पनि ग्राहकका लागि बाध्यकारी भने छैन । यो सेवा प्रयोग गर्न नचाहने ग्राहकले १५७७ नम्बरमा ‘स्टप’ टाइपगरी सेवा बन्द गर्न सक्नेछन् । १४७७ नम्बरमा ‘स्टार्ट’ टाइपगरी सेवाको पुनःसंचालन गर्न पनि सकिन्छ ।

एनसेलले स्टिमलाई अर्डर दिएर सेवा प्रयोग गर्ने सुविधा दिएको छ । सेवा बन्द गर्न सकिने व्यवस्था भने मिलाएको छैन ।

एनटीसीको क्रेडिट सेवामा ग्राहकको मेन व्यालेन्समा एक मुष्ठ रकम आउने छैनन् । ५ रुपैयाँदेखि ४० रुपैयाँको सिलिङ भित्रमा ग्राहकले सेवा प्रयोग गर्न सक्नेछन् ।

क्रेडिट सेवा प्रयोग गर्ने ग्राहकले एनटीसीलाई अतिरिक्त पैसा तिर्नु पर्दैन । एनसेल लोन सेवा प्रयोग गर्दा ग्राहकले एकमुष्ट ४० रुपैयाँ मेन ब्यालेन्समा प्राप्त गर्नेछन् ।

एनसेलले २ रुपैयाँ ५१ पैसा सेवा शुल्क बापत लिने गरेको छ ।

एनटीसीमा ग्राहकले प्रयोग गरेको पैसाका आधारमा रिर्चाजपछि प्राप्त हुने रकम काटिन्छ भने एनसेलमा ४२ रुपैयाँ ५१ पैसा काटिन्छ ।

एनसेलको सापटी योजनामा सिम सुचारु भएको ६ महिनापछि लागु हुन्छ भने एनटीसीमा सिम सुचारु भएको ३ महिनापछि सो सेवा प्रयोग गर्न योग्य हुन्छ ।


क्लिकमान्डु