‘सिटी एक्सप्रेस उत्सव एक्सप्रेस’ योजनाको कार तामाङलाई जिते 



काठमाडौं । ‘सिटी एक्सप्रेस उत्सव एक्सप्रेस’ अन्तरगतको कार उपहार लक्की ड्र विजेता जमान तामाङलाइ हस्तान्तरण गरिएको छ ।

शुक्रबार एक कार्यक्रमबीच सिटी एक्सप्रेस मनि ट्रान्सफरले रेनोल्टको क्विड आर एक्सएल कार जमान तामाङलाई हस्तान्तरण गरेको हो । साउदी अरबको टेलीमनीबाट जमान तामाङले आफ्नी श्रीमती ईलाम निवासी बिमला देवी तामाङलाई पैसा पठाएका थिए । उनलाइ विद्युतीय लक्की ड्रमार्फत विजेता घोषडा गरिएको थियो ।

सो लक्की ड्र भदौ १८ देखि मंसिर १५ सम्मको अबधिमा संचालनमा रहेको थियो । यसअघि विभिन्न ९० जनाले चाँदिका सिक्का, क्याप लगायतका उपहार जितिसकेका छन् ।


क्लिकमान्डु