नेपाल एयरलाइन्सले ६ वटा ट्वीनअटर जहाज किन्ने



काठमाडौं । राष्ट्रिय ध्वाजवाहक नेपाल वायु सेवा निमगले आन्तरिक उडान विस्तारका लागि ६ वटा ट्वीनअटर जहाज किन्ने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयमन्त्री रविन्द्र अधिकारीले सार्वजनकि गरेका १०० दिनको ११० कामभित्र जहाज किने विषयमा पनि उल्लेख गरिएको छ ।

मन्त्री अधिकारीको सार्वजनिक प्रतिबद्धता पत्रमा १०० दिनभित्र ६ वटा टिव्नअटर जहाज खरिदका लागि प्रक्रिया सुरु गर्दै सैद्धान्तिक निर्णय गर्ने उल्लेख छ ।

तर, नेवानिले पाइलट अभावकै कारण आफुसँग भएका आन्तरिक उडानमा प्रयोग भइरहेको जहाज समेत नियमति उडान गर्न सकेको छैन । नेवानिका ४ वटा वाई १२ जहाज अहिले पाइलट अभावकै कारण विमानस्थमा थन्किएका छन् ।

नेवानिसँय चार वटा वाई १२ सिरिजमा जहाज उडान २ जना मात्रै पाइलट छन् । वाई १२ जहाज उडानकै लागि मासिक २४ हजार डलरमा ३ चिनियाँ पाइलट ल्याउने तयारी भएको छ ।

यस बाहके नेवानिले नियमित उडान गरिरहेको दुई वटा एमए ६० जहाज पनि पूर्ण रुपमा सञ्चालन हुने सकेको छैन । तर, अधिकारीले फेरी जनशक्ति अभाव भएकै अवस्थामा ६ वटा टिव्नअटर जहाज गर्ने घोषणा गरेको छन् ।

नेवानिसँग अहिले आन्तरिक उडानका लागि २ वटा ट्वीनअटर, २ वटा एमए ६० र ४ वटा वाई १२ जहाज छन् ।


पुष्प दुलाल