पुनेस्थित प्लान्टमा जेसीबीका ग्राहक




काठमाडौं । नेपालका लागि जेसीबी ब्रान्डका निर्माण तथा हेभी इक्विपमेन्टको आधिकारिक विक्रेता एमएडब्लु अर्थमुभर्स प्रालिले आफ्ना ग्राहकलाई भारतको पुनेस्थित जेसीबीको मुख्य प्लान्टको भ्रमण गराएको छ । भ्रमणमा जेसीबीका नेपाली ग्राहकले हेभी इक्विपमेन्ट ब्रान्ड जेसीबीका एस्काभेटर, ह्विल्ड लोडर र कम्पाक्टरको निर्माण प्रकृयाको अवलोकन गरेको कम्पनीले जानकारी दिएको छ ।

पुनेस्थित प्लान्ट बेलायतबाहिर जेसीबीको सबैभन्दा ठूलो डिजाइन सेन्टर हो । सो स्थानमा चार सयभन्दा बढी इन्जिनियरले काम गर्छन् । वातावरणमैत्री यो प्लान्टमा जेसीबीका फेब्रिकेसनहरुको पनि उत्पादन गरिन्छ । यहाँ उत्पादन गरिएका मेसिनहरु भारत लगायत ६५ मुलुकमा विक्री वितरण हुने गरेको छ ।


क्लिकमान्डु