सिन्क्रोनाइज्ड इम्बोसड ल्यामिनेट फ्लोरिङ पार्केट नेपाली बजारमा



काठमाडौं । एसभि ग्यालरीले हाई प्रिमियम क्यालिटीको सिन्क्रोनाइज्ड इम्बोसड ल्यामिनेट फ्लोरिङ पार्केट नेपाली बजारमा भित्र्याएको छ ।

एसभि ग्यालरीले विगत ५ बर्षदेखि फ्लोरिङ एक्सन टेसा पार्केटिङ नेपालमा बिक्री गर्दै आएको कम्पनिका अध्यक्ष रामचन्द्र शाहले जानकारी दिएका छन् ।

इन्टेरियर डिजाइनरहरु माझ लोकप्रिय एक्सन टेसा, फ्लोरिङ पार्केटिङ हाइडेन्सिटी फाइबरयुक्त (एचडिएफ) क्याटेगोरीको पार्केटिङ हो ।

एस भिग्यालरीका निर्देशक दिपक शाहले नेपाली बजारमा मिडियम डेन्सिटी फाइबर (एमडिएफ) पार्केटिङ मात्र उपलब्ध भएको अवस्थामा अझ गुणस्तरीय पार्केटिङको खोजी गर्नेहरुकालागि हाइडेन्सिटी फाइबरयुक्त फ्लोरिङ पार्केटिङ उपलब्ध गराएको बताए ।

मिडियम डेन्सिटी फाइबर भन्दा हाइडेन्सिटी प्रिमियम प्रोडक्ट भएका कारण तौलिदा अधिक तौल हुने गर्दछ । तुलनात्मक रुपले मिडियमभन्दा हाइडेन्सिटी फाइबरयुक्त फ्लोरिङ पार्केटिङ २५ प्रतिशतसम्म तौल बढी हुन्छ । जसको कारण बलियो र भरपर्दो हुने एक्सन टेसाका जनरल मेनेजर यक पाण्डेले बताएका छन् ।


क्लिकमान्डु