नयाँ बर्षको अफरः रेनोको गाडी किन्दा ५ लाख रुपैयाँसम्म छुट



काठमाडौं । रेनोको नेपालका लागि आधिकारीक वितरक एड्भान्स अटोमोवाइल्स प्रालि (बिशाल ग्रुप अन्र्तगतको कम्पनी) ले ‘रेनो रेनोत्सव’ योजना सार्वजनिक गरेको छ ।

नयाँ बर्ष २०७५ लाई मध्येनजर राखेर सार्वजनिक गरिएको यो क्याम्पेनको ट्यागलाईन ‘खुसीयाली नयाँ बर्ष २०७५ को’ राखिएको छ ।

यस योजनामा रेनोको कार खरिदगर्ने सोच बनाएर बस्नु भएको ग्राहकहरुलाई लक्षित गरेर बिभिन्न छुटका योजना र आर्कषक सुविधाहरु ल्याएको छ । जहाँ रेनोका कार खरिदकर्ताले प्रसस्त फाइदा लिन सक्ने छन् ।

रेनोले नयाँ बर्षलाई खुसी र उल्लासमय बनाउन ल्याएको अफरमा लोड्जी मोडलमा ५ लाख रुपैयाँसम्मको छुटको अफर ल्याएको छ । साथै, डस्टरको खरिदमा ३ लाख १० हजार रुपैयाँ र क्विडको खरिदमा १ लाख ८० हजार रुपैयाँसम्म नगद छुट दिने कम्पनीले जनाएको छ ।

यसका अलावा यस योजनामा ५ बर्षसम्म निःशुल्क सर्भिस सुविधा, ३ बर्षको निःशुल्क सवारी साधन कर, फाईनान्स सुबिधा र आर्कषक मूल्यसहितको एक्स्चेन्ज सुबिधा उपलब्ध गराउने कम्पनीले जनाएको छ ।


पुष्प दुलाल