टीसीएलका स्मार्ट टीभीका विशेषता




काठमाडौं । टीभीमै इन्टरनेट र सामाजिक सञ्जाल प्रयोग गर्न सकिने टीभी नै स्मार्ट टीभी हो ।

टीसीएल टीभीले आफ्ना ग्राहकका माझ स्मार्ट टीभी ल्याएको छ ।

टीसीएलका स्र्माट टीभीमा ब्राउजर, युट्युव एप्स, फेसबुक एप्सलगायत सहज रुपमा प्रयोग गर्न सकिन्छ ।

गुगल प्ले स्टोर र आइओएस एप्स स्टोरबाट गेम तथा सामाजिक संजालहरु डाउनलोड तथा इन्स्टल गर्न सकिने किसिमको स्मार्ट टीभी टीसीएलले बजारमा भित्र्याएको छ ।

टीसीएलका टीभीमा वाइरलेस मिरोरिङ र स्क्रिन मिरोरिङबाट स्मार्ट डिभाइस (मोबाइल, ट्यावलेज, ल्यापटप)को स्क्रिनलाई टीभीको ठूलो स्क्रिनमा हेर्न सकिन्छ ।
वाइफाई डाइरेक्टको प्रयोगगरी मोबाइलको सामाग्री टीसीएका टीभीमा हेर्न सकिन्छ ।
टीसीएल टीभीमा रहेको ६ जीभी इन्टरनल मेमोरीको प्रयोगगरी मोबाइलका डकुमेन्ट, भिडियो, फोटो लगायतका सामाग्री कपीगरी सुरक्षित राख्न सकिन्छ ।

टीसीएलको स्मार्ट टीभीमा टु वे अडियो ब्लुटुथको अपग्रेड फक्सन छ । यसबाट टीभीको अडियोलाई ब्लुटुथ स्पिकरमा तथा मोबाइलको ब्लुटुथद्धारा टीभीमा अडियो सुन्न सकिन्छ ।

टीसीएल टीभीको आधिकारिक विक्रेता चौधरी ग्रुप अन्तर्गत सीजी इलेक्ट्रोनिक्स रहेको छ ।


क्लिकमान्डु