गाडी बिक्रेताहरुको निर्वाचन चैत २६ मा



काठमाडौं । विश्वका विभिन्न देशमा उत्पादन भएका कार नेपाली बजारमा ल्याउँदै बिक्री गर्ने व्यवसायीहरुको नयाँ नेतृत्वका लागि चैत २६ गते निर्वाचन हुने भएको छ ।

नाडा आटो मोवाइल्स एसोसिएनस अफ नेपालमा अध्यक्ष सहित १९ जना सदस्यहरुको निर्वाचन हुन लागेको हो ।

नाडाले जारी गरेको सूचनामा एक अध्यक्ष, साधरण सदस्यहरु मध्येबाट १४ र संस्थागत सदस्यहरु मध्येबाट ४ जना सदस्यका लागि चैत २६ गते सोमबार निर्वाचन हुने जनाएको छ ।

नाडाको ४१औं वार्षिक साधरण सभाबाट संस्थाको विधानको दफा २०.१ अनुसार नयाँ नेतृत्वका लागि निर्वाचन गर्ने तयारी गरेको हो । नाडाका अनुसार निर्वाचन सोल्टी होटलमा हुने छ । नाडामा अहिले हुन्डाइ गाडीका लागि नेपालको आधिकारी बिक्रेता लक्ष्मी इन्टर कन्टिनेन्टल गु्रपमा अञ्जन श्रेष्ठ अध्यक्ष छन् ।

नाडाले यही चैत २२ गते मतदाताको नामावाली प्रकाशन र दाबी विरोध गर्ने समय सहित अन्तिम नामावाली समेत सार्वजनिक गर्ने जनाएको छ ।

यसैगरी २३ गते नै नाडाले उमेद्वारको मनोनयनदर्ता, उमेद्वारको नाम प्रकाशन र दाबी विरोध गर्ने समय तय गरेको छ । साथै २३ गते नै दाबी विरोधको निर्णय सार्वजनिक र उमेद्वारको अन्तिम नामावाली प्रकाशन पनि गर्ने तालिका सार्वजनिक गरेको छ । मतदान गर्ने समय भने चैत २६ गते तोकेको छ ।


पुष्प दुलाल