कैलाश हेलिकप्टरले पायो उडान अनुमति, छिट्टै अर्को हेलिकप्टर ल्याउने



काठमाडौं । कैलाश हेलिकप्टर सर्भिसेज प्रालिले नेपाल नागरिक उड्डयन प्राधिकरणबाट शुक्रबार वायुयान संचालन अनुमति (एओसी) प्राप्त गरेको छ ।

कम्पनीले चैत १० गते शनिबारबाट व्यावसायिक रुपमा सेवा प्रदान गर्नेछ ।

एयरबस कम्पनीको फ्रान्समा निर्मित हेलिकप्टर ल्याइसकेको छ । यो हेलिकप्टर २३ हजार फिटसम्म उडान गर्ने क्षमता राख्छ । साथै निकट भविष्यमा नेपाली आकाशमा अर्को एक जहाज थप गर्ने कम्पनीले जनाएको छ ।

स्वदेशी तथा विदेशी अनुभवी चालक तथा क्रु मेम्बरमार्फत सेवा दिने बताइएको छ ।

कैलाश हेलिकप्टर सर्भिसेज प्रालिको प्रवद्र्धकमा दुई दशकभन्दा लामो अनुभव रहेका हवाई र पर्यटन क्षेत्रसँग सम्बन्धित व्यवसायीसहित बैंकर, उद्योगी लगायतको लगानी रहेको छ ।


पुष्प दुलाल