एनआईसी एशियामा खाता खोल्नुहोस् अग्रिम ब्याज लैजानुहोस्



एनआईसी एशिया बैंकले बैंकमा खाता खोलेर अग्रिम ब्याज पाउन सकिने “अग्रीम ब्याज भुक्तानी मुद्दती खाता” संञ्चालनमा ल्याएको छ ।

यस योजना अन्तरगत, ग्राहकले कुनै पनि रकमको मुद्दती खाता खोली, खाताखोलेकै दिनमा ११ प्रतिशत वार्षिक ब्याजका दरले हुन आउने ब्याजको अग्रीम भुक्तानी पाउन सक्ने छन् ।

यस मुद्दती योजना अन्तरगत, मुद्दती खाता ३ महिना, ६ महिना, ९ महिना अथवा १२ महिनाको लागिखोले पनि सम्बन्धित अवधिका लागि ११ प्रतिशतका दरले अग्रिम ब्याज भुक्तानी गरिने बैंकले जनाएको छ ।

यस्तो योजनामा ८० प्रतिशतसम्म कर्जापनि पाउन सकिने बैंकले जनाएको छ ।
यस्तो मुद्दती खाताखोल्ने ग्राहकहरुको रु ५लाख सम्मको दुर्घटनाबीमापनि बैंकले नै गरिदिने छ ।


क्लिकमान्डु