अब काठमाडौं-सुर्खेत सीधा हवाई यातायात



काठमाडौं । काठमाडौं-सुर्खेत सीधा हवाई सम्पर्क हुने भएको छ । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा दुई हप्ताभित्र सीधा हवाई उडान गर्ने तयारी पुरा भएको छ ।

भारतीय नाकाबन्दीको समयदेखि बनद भएको सुर्खेत उडान सञ्चालन गर्न विमान कम्पनीहरु पनि सकारात्मक भएका छन । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारी र कर्णाली प्रदेशका मुख्य मन्त्री र प्रदेश मन्त्रीहरु बीच कर्णालीको पर्यटन बिकासको विषयमा भएको छलफलमा उडान गर्ने सहमति भएको हो ।

पर्यटन मन्त्री र हवाई सेवा प्रदायकबीच मन्त्रालयमा भएको छलफलमा हवाई सेवा प्रदायकले नियमित उडान गर्ने प्रतिबद्धता गरेका छन । नियमित उडानका लागि मन्त्रालयले पनि सहयोग गर्ने प्रतिवद्धता गरेको छ । सुर्खेतमा हुने नियमित उडानले कर्णालीको विकासमा सहयोग पुग्ने अधिकारीको भनाइ छ । पर्यटनमा वृद्धि सँगै हवाई यातायातलाई सहयोग पुग्नेअधिकारीको भनाइ छ ।


पुष्प दुलाल