आजदेखि नवौं कोरियन भाषा परीक्षा खुल्यो, अनलाइनबाट यसरी दिनोस् आवेदन



काठमाडौं । कोरिया इपीएस शाखाले नवौं कोरियन भाषा परिक्षामाका लागि बिहिबारदेखि अनलायन आवेदन खुल्ला गरेको छ । कोरिया जान चाहाने इच्छुकले युवाले १७ गते रातको १२ बजेसम्म अनलाइन आवेदन दिन सक्छन् ।

अनलाइन आवेदनका लागि १० दिनको समय दिइएको छ । नेपालको जुनसुकै ठाउँबाट आवेदन फर्म भर्न सकिन्छ । अनलाइन आवेदन दिनका लागि सबैभन्दा पहिले परिक्षार्थीले ग्लोबल आइएमई बैंकका देशभर सञ्चालनमा रहेको जुनसुकै शाखाबाट २४ डलर भुक्तानी गरेको स्लिपी नम्बर लिनु पर्छ ।

आवेदन गर्ने दिनभन्दा अघिलो दिनमै रकम भुक्तानी भएको हुनपर्छ । आवेदन गर्न चाहने इच्छुक व्यक्तिको उमेर १८ वर्ष पूरा भई ३९ वर्ष ननाघेको हुनुपर्छ ।

अनलाइन आवेदन दिनले अनिवाई रुपमा इमेल आइडी र नम्बर उल्लेख गर्नुपर्छ । कोरिया सरकारले सन् २०१९ का लागि नेपालबाट ७१ सय को हाराहारीका कामदार लैजाने गरी कोटा तोकेको छ । जसमा ४ हजार ८ सय र कृषि क्षेत्रमा २ हजार ३ कोटा निर्धारण गरिएको ईपीएस कोरिया शाखाले जनाएको छ ।

नवौं भाषा परीक्षा जेठ २६ र २७ गते सञ्चालन हुनेछ । जसमा १२ हजार आवेदकले पोखराबाट परीक्षा दिने पाउने छन् भने अन्य सबैले काठमाडौंबाटै दिनुपर्छ । आवेदन दिन चाहाने युवाले  http://epsnepal.gov.np/ पेज खोल्नु पर्छ ।


पुष्प दुलाल