यूएस बङ्ला जहाज दुर्घटनामा बाँचेका ताम्राकार भन्छन्- जहाजमा रक्सी खान हुँदैन



तस्विर:एपी

काठमाडौं । गतसाता त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थलमा भएको यूएस बङ्लाको जहाज दुर्घटनामा ४९ जनाको मृत्यु भयो ।

ढाकाबाट काठमाडौंमा अतवरण गर्ने क्रममा भएको दुर्घटनामा २३ जना घाइते भए ।

दुर्घटनामा परेर बाच्न सफल भएका ट्राभल एजेन्सी संचालन गर्ने दयाराम ताम्राकारले समाचार ऐजेन्सी एपीसँगको कुराकानीमा हवाई यात्राको क्रममा रक्सी खान नहुँने र उडान गर्ने र अवतरण गर्ने क्रममा निदाउन नहुँने सुझाव दिए ।

अन्तराष्ट्रिय हवाइ सेवामा विमान कम्पनीले मदिरा दिने गरेका छन् । बजेट एयरलायन्समा यस्तो सुविधा शसुल्क हुन्छ भने अन्यत्र निशुल्क हुने गरेको छ ।

ताम्राकार बंगलादेशमा यूएस  बङ्लाको कार्यक्रममा भाग लिन बंगलादेश गएका थिए ।

जब जहाज ल्याण्ड गर्ने समयमा दुर्घटना भयो त्यो समयमा मैले आफ्नो सिटबेल्ट खोलेर इमरजेन्सी गेट खोलेर निस्कन सके ।

‘मैले इमरेन्जी ढोका खोलेर अरुलाईपनि सहयोग गर्न सफल भए।’उनले दुर्घटनाको घटना सुनाउदै भने । उनका अनुसार विमानका अन्य यात्रुपनि अलर्ट रहेका थिए ।

‘मैले दुर्घटना हुनासाथ सिटबेल्ट खोलेर इमरजेन्सी ढोका खोले, मलाई त्यो अवस्थामा इमरजेन्सी ढोकाको बारेमा जानकारी थियो’,उनले घटना सम्झदै भने,‘म बाहिर आएपछि दौडेर निस्किए, अन्य यात्रुहरु चिच्चाइरहेका थिए, म फर्केर अन्य यात्रुलाई मद्दत गरे।’

दयारामले बताए अनुसार उनको कानमा यात्रुहरु आत्तिएर चिच्चाएको आवाज सुनेका थिए ।
पछाडि फर्केर हेरेपछि उनले आफ्नो होस गुमाएको र जहाज टुटेर जलिरहेको थियो । उनले यो निकै डरलाग्दो भएको अनुभव बाडेका छन् ।

उनले दुर्घटना घटे लगत्तै सुरक्षाकर्मी र फायरम्यान उद्दारको लागि आएको र तुरुन्त उद्दार भएको कारण अन्य यात्रुको ज्यान बचाउन सकिएको बताए ।

दयारामलाई ल्याण्ड गर्नुभन्दा अगाडि नै विमान निकै कम उचाईमा उडेको र केही सेकेण्डमा नै जमिनमा बजारिएको सुनाए ।

विमानमा सवार भएका यात्रीहरु चिच्चाएर मद्दत मागेका थिए । कतिले अल्लाहको नाम लिदै गुहार मागिरहेका थिए ।

विमान दुर्घटनामा बचेका दयाराम भगवानलाई धन्यवाद् दिन्छन् । उनलाई आफ्नो साथीहरु बच्न नसकेको दुःख लागेको छ । उनका १४ जना साथी विमानमा यात्रा गरेका थिए । सबै बंगलादेशमा भएको कार्यक्रममा सहभागी भएर फर्केका थिए ।


क्लिकमान्डु