बजाजद्वारा नयाँवर्ष २०७५ को योजना ‘बजाज युगारम्भ’ घोषणा




काठमाडौं । बजाज मोटरसाइकलको नेपालका लागि अधिकृत बितरक हंसराज हुलासचन्द एण्ड को प्रालिले नयाँ वर्ष २०७५ को योजना–‘बजाज युगारम्भ’ सार्वजनिक गरेको छ । ‘नयाँ नेपालको नयाँ शुभारम्भ’ नारा सहित नयाँ योजना सुरु गरेको हो ।

नेपालले अब विकासको बाटो समाउने तर्रखर गरिरहेकाले अब आउँदै गरेको नयाँ बर्ष नेपाली नागरिकको लागि निकै महत्वपूर्ण हुने हुँदा कम्पनीले ‘बजाज युगारम्भ’ योजना सार्वजनिक गरेको हो ।

यस योजनाले विकासको युग आरम्भ भएको संदेश युवाहरुमा प्रबाह गर्ने छ । यसले देशको विकासप्रति युवाहरुलाई जागरित गराउने र अग्रसर हुन प्रेरित गर्ने छ । ‘बजाज युगारम्भ’ नयाँ कामको सुरुवात गर्दै नयाँ नेपाल निर्माणमा सहयोगी बन्न सक्ने छ ।

यो अभियानका विशेषताहरुमा ‘रु.७५०० स्योर सट अफर’ स्कीम अन्तर्गत कुनैपनि बजाजका बाइकहरु खरिदमा हरेकले तत्काल ७ हजार ५ सय रुपैयाँ नगद छुट पाउनेछन् । साथै हरेक खरिद कर्तालाई हरेक दिन हुने लक्की ड्रमा समाबेस गराइने छ । जहाँ भाग्यसाली ग्राहकले ७५ हजार रुपैयाँ हरेक दिन जित्न सक्ने छन् ।

कम्पनीका प्रबन्ध निर्देशक शेखर गोल्छाले नयाँ बर्षको अबसरसँगै देश निर्माण र विकासले गतिलिने हामीले विस्वास लिएको बताएका छन् ।

त्यसैले सबै युवाको मन र मस्तिष्कमा नयाँ युगको आरम्भ भएको संदेश पुर्याउन ‘बजाज युगारम्भ’ योजना सार्वजनिक गरेको बताए ।


क्लिकमान्डु