महिन्द्राले हेटौडामा अत्याधुनिक सेवा सुविधा सहितको वर्कसप खोल्यो



काठमाडौं । महिन्द्रा एण्ड महिन्द्रा कम्पनीले मकवानपुरको हेटौंडामा नमुना वर्कसप निर्माण गरेको छ । साना र ठुला गाडीहरुका लागि उपयुक्त वर्कसप बुधाबारदेखि संचालनमा आएको हो ।

वर्कसपको उद्घाटन हेड अफ इन्टरनेशनल अपरेसन साउथ एसीया महिन्द्रा एण्ड महिन्द्रा, प्रवन्धनिर्देशक दुगड़ ब्रदर्श एण्ड सन्स सञ्जय जादव विवेक दुगड़ र कन्ट्री हेड नेपाल, भुटान महिन्द्रा एण्ड महिन्द्राका चैतन्य कागलकारले संयुक्त रुपमा गरेका हुन् ।

ग्राहाकहरुलाई थप गुणस्तरीय सेवा सुबिधा दिने उद्देश्यले वर्कसपको निर्माण गरिएको कम्पनीले जानकारी दिएको छ ।हो । वर्कसप ६ हजार ८ सय बर्ग फिट क्षेत्रफलमा फैलिएको छ जाहा सात वटा सर्वीस वे सहित ६ सय बर्ग फीट क्षेत्रफल पार्कीङ, ३०५० बर्ग फीट गाडीहरु वासीङ्गका लागि, अत्याधुनीक उपकरणका साथ छिटो र गुणस्तरीय सेवा प्रदान गरिने कम्पनीको भनाइ छ ।

आधुनिक मर्मत कार्यलाई प्राथमिकतामा राखिएको यस वर्कसपमा ग्राहाकहरुका लागि ठुलो लाउन्ज, ड्राइभर रिटाइरीङ्ग लाउन्ज र लकरको पनि ब्यबस्था छ ।

कम्पनीको २० वटा शाखा कार्यालय, २८ सर्वीस सेन्टर संचालनमा छन् ।


क्लिकमान्डु