नेपाली भूमिमा कहिले र कहाँ ? कुन जहाज दुर्घटना भए (सूचिसहित)



काठमाडौं । नेपाली आकाशमा पहिलो पटक सन् १९५५ को मार्चमा अन्तर्राष्ट्रिय उडान गर्ने कालिंगा एयरको डीसी–३ जहाज दुर्घटना भएको थियो ।

बाराको सिमरामा भएको पहिलो जहाज दुर्घटनामा दुई जनाले ज्यान गुमाएका थिए भने एक जना घाइते भएका थिए भने अन्तिम दुर्घटना पनि नेपालको इतिहानसमा विमानस्थल भित्रकै ठुलो दुर्घटना भएको छ ।

सोमबार भएका युएर बंगालको डास–८ विमान विमानस्थलमा अवतरणका क्रममा भएको थियो । विमानमा सवार ४९ जनको मृत्यु भएसकेको छ भने २२ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनामा २२ नेपाली, २१ बंगाली, एक चिनियाँ, १ माल्दिभस र १ चालक दलको सदस्या रहेका छन ।

६९ वर्षे हवाई इतिहासमा ८४ वटा जहाज दुर्घटना भएका छन्। जहाज दुर्घटनामा परी ६ सय ६८ जना विदेशी र स्वदेशी नागरिकले ज्यान गुमाइसेका छन् । दुर्घटनामा एक सय चार जना घाइते भएको नागरिक उड्डयन प्राधिकरणको तथ्यांकमा उल्लेख छ ।

हालसम्म आन्तरिक उडानका जहाज दुर्घटनामा परी दुई सय ९६, अन्तर्रा्ष्ट्रिय उडानमा तीन सय ११ र हेलिकोप्टर दुर्घटना ५९ जनाले ज्यान गुमाएका छन् ।

नेपालीमा सबैभन्दा धेरै आन्तरिक उडान गर्ने ४६ जहाज दुर्घटना भइसकेका छन्। यसबाहेक ३१ वटा हेलिकोप्टर र सातवटा अन्तर्रा्ष्ट्रिय उडानका जहाज दुर्घटना भइसकेका छन् । विगत दुई वर्षदेखि नेपाली आकाशमा हुने हवाई दुर्घटनामा कमी आएको प्राधिकरणको भनाइ छ ।

नेपाली आकाशमा भएको सबैभन्दा ठूलो जहाज दुर्घटना सन १९९२ मा काभ्रेको भट्टेडाँडामा पाकिस्तान इन्टरनेसनल एयरलाइन्स (पीआईए)को जहाज दुर्घटना हो। त्यो जहाज दुर्घटनामा एक सय ५७ जनाले ज्यान गुमाउनुपरेको थियो।

 

मिति जहाजको नाम एयरलाइन्सको नाम स्थान मृत्यु घाइते
१९६१ डीसी–३ नेपाल एयरलाइन्स भैरहवा
१९७३ डी एचसी –६/३०० नेपाल एयरलाइन्स लुक्ला
१९८४ डिएचसी –६ नेपाल एयरलाइन्स चेकलाटीडाडा १५
१९८६ डिएचसी–६ नेपाल एयरलाएन्स साँफे बगर एयरपोर्ट
१९८७ डिएचसी–६ नेपाल एयरलायन्स डोल्पा
१९९१ डिएचसी–६ नेपाल  एयरलायन्स लुक्ला
१९९२ वाइ–टुवेल नेपाल एयरलायन्स लुक्ला
१९९३ वाइ टुवेल आइआइ नेपाल एयरलायन्स जोमसोम
१९९३ डि ओ –२८८ एभरेष्ट एयर सोलिजीघोप्टे १८
१९९५ डिएचसी –६ नेपाल एयरलायन्स काठमाडौं २३
१९९५ वाइ–१२ नेपाल एयरलाएन्स भरतपूर
१९९६ एच यस ७४८ नेपाल एयरलायन्स मेघौली
१९९६ वाइ टुवेल नेपाल एयरवएज डोल्पा
१९९९ एच यस–७४८ नेकन एयर थानकोट १५
१९९९ डि एच सी सिक्स स्काइलाइन एयरवेयज मकवानपुर १०
२००० डि एच सी सिक्स नेपाल एयर लाइन्स बजाङ
२००० डि एच सी सिक्स नेपाल एयरलाइनस जोगबुढा , डडेल्धुरा २५
२००० डि एच सी सिक्स गोकर्ण एयरलाइन्स लुक्ला
२००० डि ओ २२८ कस्मीक एयर तिलिङ्टार
२००१ डि एचसि ६/३०० यती यएर लाइन्स तिलिङ्टार
२००२ डि एचसि ६/३०० स्काइलाइन एयरलाइन गडगडे डाडा सुर्खेत
२००२ डि एचसि ६/३०० साङग्रीला एयर पोखरा १८
२००४ बि १९०० डि बुद्ध एयर टि आ ए एयरपोर्ट
२००४ डि एचसि ६/३०० यति एयरलाएन्स लम्जुरा,सोलुखुम्बु
२००५ डिओ /२८८ गोकर्ण एयरलाएन्स लुक्ला एयरपोर्ट
२००६ डि एचसी ६/३१० यति एयरलाएन्स जुम्ला एयरपोर्ट
२००६ डि एचसी ६/३१० यति एयरलायन्स बाजुरा एयरपोर्ट
२००८ डि एचसी ६/३१० यति एयर लाएन्स लुक्ला एयरपोर्ट १८
२०१० डिओ/२८८ अग्नी एयर सिखरापुर , मकवानपुर १४
२०१० डिएचसि ६/३१० तारा एयर ओखलढुङ्गा २२
२०११ बिच १९००डि बुद्द एयर कोटडाडा, ललितपुर १९
२०१२ डिओ –२८८ अग्नी जमसोङ एयरपोर्ट १५
२०१२ डिओ–२८८ सिता एयर मनोहरा भक्तपुर १९
२०१३ डिएचसि ६–३०० नेपाल एयरलाएन्स जमसोम एयरपोर्ट
२०१३ डिओ –२८८ सिता एयर सिमकोट एयरपोर्ट
२०१४ डि एचसि– ६/३०० नेपाल एयरलायन्स मसाइनीलेक,अर्घखाची १८
२०१६ डि एचसी –६/४०० तारा एयर दाना म्याग्दी २३
२०१७ कार्गो समिट लुक्ला विमानस्थल
 

सिङगल इन्जिन जहाज

मिति जहाजको नाम एयरलाइन्सको नाम स्थान मृत्यु घाइते
१९७५ पिसि–६ नेपाल एयरलाइन्स बौद्द

अन्तर्राष्ट्रिय उडान भर्ने जहाज

मिति जहाजको नाम एयरलाइन्सको नाम स्थान मृत्यु घाइते
१९५५ डिसी –३ कालिङ्गा एयर समिरा
१९५६ डिसी–३ इन्डीयन एयसलाइन्स काठमाडौं १४ १९
१९५८ डिसी–३ इन्डीयन एयरलाएन्स पाट्नेभञ्जयाङ २०
१९९२ एयरबस –३१० थाइ एयरवएज ग्याङ्फेदी १३३
१९९२ एयरबस–३१० पिआइए भट्टेडाडा १५७
१९९९ बि७२७ (२००) लुफ्थान्सा भम्सासुर हिल
२०१५ ए३३०–३०० टर्कीस एयरलाइन्स त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थल
२०१८ डास–८ युएस बंगला त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ४९ २२

दुर्घटना भएका हेलिकप्टरको लिष्ट

मिति जहाजको नाम अपरेटर ओनरको नाम स्थान मृत्यु घाइते
१९७९ अल्टी–आइआइआइ भिभिआइपी लामटाङ
१९९३ बेल –२०६ हिमालयन हेलिकप्टर लामटाङ
१९९६ एमआइ –१७ नेपाल एयरवेज सोटाङ
१९९७ एयस–३५० कर्णाली एयर थुप्तेन चोलिङ
१९९७ एमआइ–१७ गोकर्ण एयरलाइन्स कालिकोट
१९९८ बेल–२०६ भिभिआइपि फ्लाइट दिपायल
१९९८ एयस–३५०बि एसियन एयरलाइन्स मुल खर्क
१९९९ एयस–३५० बिए कर्णली एयर लिसुङ्कु,सिन्धुपाल्चोक
१९९९ एयस३५० बिटु मनकामना एयरवेज रामेछाप
२००१ एम आइ –१७ एयर अनन्या मिमि
२००१ एमलाइ३५०बि फिस्टेल एयर रारालेक मुगु
२००२ एयस– ३५०बिटु कर्णाली एयर मकालु बेस क्याम्प
२००२ एमआइ–१७(एमआइ८– एमआइ टिभी) एसियन एयरलाइन्स सोलुखुम्बु
२००३ एमआइ–१७ आइभी सम्रिकि एयर एभरेष्ट बेस क्याम्प
२००५ एयस–३५०बिए एयर डाइनेस्टी हेलि सर्भिस थोसे गा.वि.स. रामेछाप
२००५ एमआइ–१७ श्री एयरलाइन्स एभरेष्ट वेस क्याम्प
२००६ एमआइ –१७ एमटीभी १ हेली हान्सा सर्भीस धवलागीरी वेस क्याम्प
२००६ एमआइ–१७ कर्णाली एयर टि आइ ए एयरर्पोट काठमाडौं
२००६ एयस–३५०बिए एयर डाइनाष्टी हेली सभिर्स धवालीगीरी बेस क्याम्प
२००६ एमआइ–१७ श्री एयरलाइन्स घुन्सा,ताप्लेजुङ २४
२००६ एमआइ–१७ सिम्रीक एयर रारालिही , जुम्ला
२००८ एयस–३५० फिस्टेल एयर अन्नपुर्ण बेस क्याम्प
२००९ एकआइ –८ मनाङ एयर रुडीकोट हुम्ला
२०१० एयस ३३५ बि३ फिस्टेल एयर अमडाब्लाम माउन्टेन
२०११ एयस ३५० बि फिस्टेल एयर सोलुखुम्बु
२०१३ एयस ३५० बि३ फिस्टेल एयर सिमीकोट, मुचु
२०१४ एयस ३५० बि३ फिस्टेल एयर सिन्धुपाल्चोक
२०१५ एयस ३५० बि३ माउन्टेन हेलीकप्टर यमुना डाडा, सिन्धुपाल्चोक
२०१५ एयस ३५० बि३ इ सिम्रीक एयर सामो,गोरखा
२०१६ एयस३५० बि३ फिस्टेल एयर लामटाङ
२०१६ एइस ३५० बि३ फिस्टेल एयर नुवाकोट


पुष्प दुलाल